कजाकस्तानमा हिंसा भड्किँदै : सेनालाई बिना चेतावनी गोली हान्ने अधिकार

कजाकस्तानको सरकारले त्यहाँका सैन्य अधिकारीलाई प्रदर्शनकारी माथि बिना चेतावनी गोली हान्ने हतियारसमेत दिएको छ।  एलपी ग्यासको मूल्यवृद्धिसँगै कजाकस्तानमा जनवरी २ देखि प्रदर्शन सुरु भएको थियो। प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीतर्फ हताहती भएको छ। सयौँ घाइते भएका छन्। स्थितीलाई नियन्त्रणमा लिनका लागि रसियाले नेतृत्व गरेको कजाकस्तानसमेत संलग्न पूर्व सोभियत सदस्यको सैन्य…

सम्बन्धित सामग्री

अरब क्रान्तिको सपना अधुरै

ट्युनिसियाका राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गर्दै संसद्समेत भङ्ग गरेपछि नयाँ सङ्कट पैदा भएको छ । सरकारविरुद्ध देशभर विरोध प्रदर्शन चलिरहेको बेला राष्ट्रपति केस सैयदले संसद् भङ्ग गर्दै प्रधानमन्त्री हिचम मेचिचीलाई बर्खास्त गर्नुभएको हो । कोरोना महामारीविरुद्ध लड्न र अर्थव्यवस्था ठीक तरिकाले सञ्चालन गर्न नसकेको भन्दै ट्युनिसियामा सरकारविरुद्ध हिंसात्मक प्रदर्शन हुँदै आएको छ । केही सहरमा प्रदर्शनले हिंसात्मक रूप लिएको छ । हिंसा रोक्न सरकार विफल भएपछि राष्ट्रपति सैयदले यो कदम चाल्नुभएको हो । उहाँले कार्यकारी अधिकार आफैँ लिनुभएको छ । विपक्षीले राष्ट्रपतिको कदमको विरोध गरे पनि उहाँले आफ्नो यो कदम संवैधानिक भएको जिकिर गर्नुभएको छ । राष्ट्रपति सैयदले भन्नुभएको छ– “पाखण्ड, विश्वासघात र जनताको अधिकार लुट्नेहरू र हतियार उठाउने योजना बनाउनेहरू सबैलाई म चेतावनी दिन चाहन्छु । जसले गोली चलाउनेछ, उमाथि सशस्त्र बलले पनि गोलीले जवाफ दिनेछ ।”