अपर तामाकोशीका संस्थापकबाट हकप्रद शेयरबापतको रकम चुक्ता,ऋणको साँवा ब्याज तिर्न खर्च गरिने

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापक शेयरधनीहरुले हकप्रद शेयरबापतको रकम चुक्ता गरेका छन् । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीले आगामी भदौ १८ गतेदेखि शेयरधनीहरुलाई १ कित्ता शेयर बराबर १ कित्ताको प्रति शेयर १०० रूपैयाँ अंकित दरका हकप्रद शेयर निश्कासन गर्दै छ ।  सर्वसाधारण तर्फको शेयर निश्कासन गर्नुभन्दा पहिले कम्पनीका संस्थापकहरु नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि.(नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले आफ्नो शेयर अनुपातमा हकप्रद शेयर बापतको रकम चुक्ता गरेका हुन् । संस्थापकहरुले ५ अर्ब ४० करोड ९ लाख रुपैयाँ चुक्ता गरेका हुन ।   १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २/२ प्रतिशत संस्थापक शेयर रहेको छ । शेयर स्वामित्वअनुसार, प्राधिकरणले ४ अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानले २१ करोड १८ लाख रुपैयाँ हकप्रद शेयर बापतको रकम चुक्ता गरेका हुन् । रकम चुक्ता भइसकेपछि शेयरको बाँडफाँट पनि भइसकेको छ ।  कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीहरुको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरुको ८.८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण शेयर स्वामित्व छ ।  सर्वसाधारणतर्फबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनु पर्ने छ । जसमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार, सर्वसाधारणले १ अर्ब ५८ करोड ८५ लाख, दोलखाबासीले १ अर्ब ५ करोड ९० लाख, कम्पनी र प्राधिकरणका कर्मचारीहरुले ४० करोड ६६ लाख ५६ हजार र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीहरुले ३० करोड ४९ लाख ९२ हजार रुपैयाँ हकप्रद शेयरबापत चुक्ता गर्नु पर्ने छ । हकप्रद शेयरबापतको रकम संकलनपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोहनप्रसाद गौतमले हकप्रद शेयर निश्कासनबाट प्राप्त हुने रकम माथिल्लो तामाकोसी निर्माण गर्दा लिइएको अल्पकालीन ऋणको साँवाव्याज चुक्ता गर्न र २१ मेगावाटको रोल्वालिङ खोला जलविद्युत आयोजनाको निर्माणमा खर्च गरिने बताएका छन् । कम्पनीले माथिल्लो तामाकोशी निर्माण गर्दा ६ अर्ब रुपैयाँ अल्कालीन ऋण लिएको छ ।  सिइओ गौतमले अल्पकालीन ऋणको साँवा ब्याज चुक्ता गरेपछि बाँकी रहेको र माथिल्लो तामाकोशीको विद्युत् बिक्रीबाट प्राप्त हुने रकमबाट रोल्वालिङको वित्तीय व्यवस्थापन गरिने बताए । यसैबीच, कम्पनीको पन्ध्रौं वार्षिक साधारणसभा गत बुधबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले कम्पनीको आर्थिक वर्ष (आव)२०७८/७९को वार्षिक प्रतिवेदन, सोही आवको वासलात,नाफा/नोक्सान हिसाब,नगद प्रवाह विवरणलगायतलाई पारित गरेको छ ।  कम्पनीले भदौ १८ गते देखि असोज ७ गते सम्म १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्दैछ ।

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंकले ५ वर्षे अवधिको डिबेञ्चरको साँवा तथा ब्याज भुक्तानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले लिमिटेडले जारी गरेको ५ वर्षे अवधिको वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको ग्लोबल आइएमई बैंक लिमिटेड २०८० /८१ नामक ऋणपत्रको सावाँ तथा ब्याज भुक्तानी गर्ने भएको छ । बैंकले जारी गरेको १५ लाख  कित्ता डिबेञ्चरको समयावधि यही चैत २७ गते समाप्त हुने भएकाले डिबेञ्चरको साँवा  र तिर्न बाँकी ब्याज रकम एकमुष्ठ २०८१ साल बैशाख २ गते देखि भुक्तानी गर्ने जानकारी दिएको हो ।  डिबेञ्चरधनीहरुको साँवा तथा ब्याज भुक्तानी गर्दा निजहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा आइपिएस मार्फत जम्मा गरिने भएकाले बैंक खाता र प्यान नम्बर यथाशिघ्र  अद्यावधिक गर्न बैंकले अनरोध गरेको छ । साथै डिबेञ्चरधनीहरुको बैंक खाता अद्यावधिक नगरेको कारण हालसम्म पनि ब्याज रकम भुक्तानी हुन नसकेको डिबेञ्चरधनीहरुको नामावली ग्लोबल आइएमई क्यापिटलको वेवसाइटमा राखिएको छ सो हेर्न पनि बैंकले जनाएको छ । शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

सार्वजनिक ऋणको साँवा र ब्याज तिर्नै १ खर्ब चाहिने

काठमाडौं । सार्वजनिक ऋणको भार थपिँदै गएपछि आगामी आर्थिक वर्षमा मात्र साँवा र ब्याज तिर्न १ खर्ब रुपैयाँ आवश्यक पर्ने भएको छ । सार्वजनिक ऋण २४ खर्ब पुगेकाले सोको साँवा र ब्याज तिर्न आगामी आर्थिक वर्षमा १ खर्ब रुपैयाँ आवश्यक पर्ने भएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट […] The post सार्वजनिक ऋणको साँवा र ब्याज तिर्नै १ खर्ब चाहिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पुँजी निर्माणमा भन्दा ऋण तिर्ने खर्च दोब्बर

सरकारले पुँजी निर्माणको क्षेत्रमा गर्ने खर्चभन्दा सार्वजनिक ऋणको साँवा–ब्याज तिर्न हुने खर्च दोब्बरभन्दा बढी देखिएको छ । चालू आर्थिक वर्षको सात महिनामा सरकारले साढे ६३ अर्ब पुँजीगत खर्च गरेको छ, जबकि...

सहकारीको ऋण समयमै चुक्ता गर्न आह्वान

काठमाडौं- दक्षिणकाली नगरपालिकाले सहकारी संस्थाका ऋणी शेयर सदस्यहरूलाई समयमै ऋण चुक्ता गर्न सार्वजनिक आह्वान गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु अर्याल खनालले सहकारी संस्थाबाट ऋण लिई तोकिएको समयभित्र साँवा ब्याज चुक्ता नगर्ने सदस्यलाई समयमै तिर्न आह्वान गरेकी हुन् । सहकारी संस्थाले पटकपटक पत्राचार गर्दा पनि साँवा, ब्याज नतिर्दा बचतकर्ता शेयर सदस्यको रकम फिर्ता […]

सहकारीबाट ऋण लिएका ऋणीलाई तत्काल फिर्ता गर्न बर्दघाट नगरपालिकाको उर्दी

परासी । नवलपरासीको बर्दघाट नगरपालिकाले सहकारीबाट ऋण लिएका ऋणीलाई तत्काल साँवा, ब्याज भुक्तानी गर्न उर्दी जारी गरेको छ । नगरपालिकाले सार्वजनिक सूचना नै निकालेर तत्काल साँवा व्याज तिर्न ताकेता गरेको हो । सूचनामा ऋण नतिर्ने ऋणीलाई नगरपालिकाबाट प्रदान गरिने सेवा सुविधासमेत बन्द गरिने चेतावनी दिइएको छ । ऋणीहरुलाई पटक पटक ताकेता गर्दासमेत ऋण भुक्तानी नगरेका […]

विकासमा भन्दा ऋण तिर्न बढी खर्च

चैत मसान्तसम्ममा सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा एक खर्ब ७३ अर्ब खर्चिएको छ, जब कि यही अवधिमा पुँजीगत खर्च भने एक खर्ब सात अर्बबराबर मात्रै भएको छ सरकारले चालू...

साँवा र ब्याज पुनर्तालिकीकरण गर्न चेम्बरको माग

नेपाल चेम्बर अफ कमर्सले गत पुसमा साँवा र ब्याज तिर्न नसक्ने ऋणीका लागि आगामी असार मसान्तसम्म म्याद थप गर्ने

पोखराका व्यवसायीको गुनासोः सरसापट गरेर पनि किस्ता तिर्न सक्ने अवस्था रहेन

‘होटल क्षेत्रले चुक्ता गर्नुपर्ने सबै प्रकारका कर्जा तथा ब्याज तिर्न व्यवसायी तयार छन्। तर त्यस्तो दायित्वलाई आउँदो वर्षमा मिलान गर्ने व्यवस्थाका लागि हामी नेपाल राष्ट्र बैंक, सम्बन्धित मन्त्रालय र सरकारसँग आग्रह गर्न चाहन्छौं,’ संघले विज्ञप्ति जारी गर्दै...

बर्जुका महिला मिटरब्याजीबाट हैरानी खेप्दै

आफूले लिएको कर्जाको साँवा र ब्याज बुझाउँदासमेत कर्जा वापत तिर्नु पर्ने रकम धेरै देखाउँदा त्रसित र हैरानी खेप्नु परेको सुनसरीका महिलाहरुले बताएका छन्। सुनसरीको बुर्जु गाउँपालिका–१ गेलाबारीका महिलाहरुले लिएको कर्जाको साँवा र ब्याजभन्दा धेरै रकम तिर्न बाँकी ...

ऋणको साँवा र ब्याज साउन मसान्तभित्र तिर्न सकिने

नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म तिर्नुपर्ने साँवा, ब्याज एवम् किस्ता रकम साउन मसान्तभित्र तिर्न सक्ने व्यवस्थागरेको छ । सोमबार राष्ट्र बैंकले निर्देशन जारी गर्दै बाढी पहिरोको कारण असार मसान्तसम्म तिर्नुपर्ने साँवा, ब्याज एवम् किस्ता रकम साउन मसान्तसम्म तिर्दा हुने व्यवस्था गरेको हो ।