ग्लोबल आइएमई बैंकले ५ वर्षे अवधिको डिबेञ्चरको साँवा तथा ब्याज भुक्तानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले लिमिटेडले जारी गरेको ५ वर्षे अवधिको वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको ग्लोबल आइएमई बैंक लिमिटेड २०८० /८१ नामक ऋणपत्रको सावाँ तथा ब्याज भुक्तानी गर्ने भएको छ । बैंकले जारी गरेको १५ लाख  कित्ता डिबेञ्चरको समयावधि यही चैत २७ गते समाप्त हुने भएकाले डिबेञ्चरको साँवा  र तिर्न बाँकी ब्याज रकम एकमुष्ठ २०८१ साल बैशाख २ गते देखि भुक्तानी गर्ने जानकारी दिएको हो ।  डिबेञ्चरधनीहरुको साँवा तथा ब्याज भुक्तानी गर्दा निजहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा आइपिएस मार्फत जम्मा गरिने भएकाले बैंक खाता र प्यान नम्बर यथाशिघ्र  अद्यावधिक गर्न बैंकले अनरोध गरेको छ । साथै डिबेञ्चरधनीहरुको बैंक खाता अद्यावधिक नगरेको कारण हालसम्म पनि ब्याज रकम भुक्तानी हुन नसकेको डिबेञ्चरधनीहरुको नामावली ग्लोबल आइएमई क्यापिटलको वेवसाइटमा राखिएको छ सो हेर्न पनि बैंकले जनाएको छ । शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।   

सम्बन्धित सामग्री

पहिलो त्रैमासमा सबै वाणिज्य बैंकको खराब कर्जा बढ्यो

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासमा सबै वाणिज्य बैंकको खराब कर्जा बढेको छ । बैंकहरूले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।  उक्त विवरणअनुसार चालू आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी निष्क्रिय कर्जा कृषि विकास बैंकको छ । चालू आवको पहिलो त्रैमासमा बैंकको निष्क्रिय कर्जा ५ दशलमव ३३ प्रतिशत पुगेको छ । गत आवको पहिलो त्रैमासमा बैंकको निष्क्रिय कर्जा २ दशमलव ८३ प्रतिशत थियो ।  समीक्षा अवधिमा पाँच वाणिज्य बैंकहरूको खराब कर्जा ४ प्रतिशतभन्दा माथि छ । ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र कुमारी बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा माथि छ ।  सबैभन्दा कम खराब कर्जा भने एभरेष्ट बैंकको छ । चालू आवको पहिलो त्रैमासमा बैंकको खराब कर्जा शून्य दशमलव ९ प्रतिशत छ । एभरेष्टपछि सबैभन्दा कम खराब कर्जा स्ट्याण्डर्ड चार्टर्ड बैंकको छ । चालू आवको पहिलो त्रैमासमा बैंकको खराब कर्जा १ दशलमव १ प्रतिशत छ ।  ऋणीले समयमै कर्जाको साँवा–ब्याज भुक्तानी नगर्दा खराब कर्जा बढेको जानकारहरू बताउँछन् । खराब कर्जा बढ्नु कम्पनीका लागि राम्रो मानिँदैन । खराब कर्जा बढेमा बैंक तथा वित्तीय संस्थाहरूले लगानीकर्ताको विश्वास पनि गुमाउने सम्भावना रहन्छ । खराब कर्जा ५ प्रतिशत वा सोभन्दा बढी हुने बैंक तथा वित्तीय संस्थाहरूले नाफा गरे पनि लगानीकर्तालाई लाभांश वितरण गर्न पाउँदैनन् ।  लगानीकर्ताले पनि बैंक तथा वित्तीय संस्थाको शेयर खरीद गर्नुअघि कम्पनीको खराब कर्जा अनुपातलाई विशेष ध्यान दिन अत्यन्तै महत्त्वपूर्ण हुन्छ ।  के हो खराब कर्जा ? खराब कर्जा (नन पर्फमिङ लोन वा एनपीएल) बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय प्रदर्शन परीक्षण गर्ने एक आधार हो । बैंक तथा वित्तीय संस्थाले ऋणीले लिएको कर्जाको साँवा र ब्याजको निर्धारित रकम ९० दिनसम्म भुक्तानी गरेको छैन भने त्यस्तो कर्जालाई खराब कर्जाअन्तर्गत राख्ने गरेका छन् ।  वाणिज्य बै‌ंकहरूको गत आव र चालू आवको पहिलो त्रैमासकाे निष्क्रिय कर्जा स्रोत : बैंकहरूको चालू आवको पहिलो त्रैमासको वित्तीय विवरण ।