विकासमा भन्दा ऋण तिर्न बढी खर्च

चैत मसान्तसम्ममा सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा एक खर्ब ७३ अर्ब खर्चिएको छ, जब कि यही अवधिमा पुँजीगत खर्च भने एक खर्ब सात अर्बबराबर मात्रै भएको छ सरकारले चालू...

सम्बन्धित सामग्री

विदेश अध्ययनको लहर

कुनै पनि देशका नागरिक नयाँ शीप सिक्न उच्च शिक्षाका लागि विदेश जानु स्वाभाविक हो । नेपाल पनि यसको अपवाद होइन तर चिन्ताको विषयचाहिँ के हो भने नेपालका शैक्षिक संस्था नै रित्तिने गरी युवा विदेशिन थालेका छन् । नेपालमा पढाइ हुने विषयका लागि पनि विद्यार्थीहरू बाहिर जाँदा एक त नेपालको शिक्षाप्रणालीमाथि प्रश्न उठेको छ, अर्को विदेशी विनिमय सञ्चितिमा पनि असर परेको छ । क्यानडा र अस्ट्रेलिया जाने विद्यार्थीले ती देशको मुद्रा सटहीमा पाउन सकिरहेका छैनन् । यो समस्याको समाधान खोजिनुपर्छ ।  नेपालको शिक्षा महँगो हुनुका साथै स्तरीय नभएको र पढ्दै कमाउँदै शुल्क तिर्न नसक्ने अवस्था भएकाले विद्यार्थीहरू विदेश जान लालायित भएका देखिन्छन् । अर्को त ती देशमा स्थायी बसोवासको अवसर पाउनु पनि प्रमुख आकर्षण हो । नेपालमा स्नातक वा स्नातकोत्तर अध्ययन गर्दा सामान्यतया १५/२० लाख लाग्ने गरेको छ । त्यति पैसामा केही थपथाप गरेर ऋण लिई विदेश अध्ययन गर्न जाँदा अभिभावकले केही वर्षमै छोराछोरीले ऋण तिरिसक्ने आश गर्छन् । धेरै जनाको यस्तै भएको पनि छ । त्यसो हुँदा विदेशको अध्ययन आय आर्जनको माध्यम पनि बनेको छ । अर्को, यहाँ जस्तो विद्यार्थीले नियमित कलेज जानुपर्ने तर अध्ययनविधि चाहिँ पुरानै ढर्राको खासगरी कक्षाको प्रवचनमा मात्र सीमित हुने गरेको छ । नेपालको पाठ्यक्रम पुरानै छ भने स्नातक तह पार गर्न ४ वर्ष लाग्छ । कुनै विद्यार्थीले ४ वर्षको पाठ्यक्रम ३ वर्षमा पूरा गर्छु भन्दा त्यो सुविधा छैन । परीक्षा प्रणाली पनि त्यस्तै खालको छ । त्यसो हुँदा युवा आफ्नो क्षमता विदेशमा किन नदेखाउने भन्दै अध्ययनका लागि बाहिरिने क्रम बढेको छ । यस्तो प्रवृत्तिका कारण मुलुकको विदेशी विनिमय सञ्चितिमा असर परेको छ । सेवा व्यापार पनि घाटामा रहेको मुलुकमा अध्ययनका लागि विदेश जाने विद्यार्थीका कारण यस शीर्षकमा विदेशिने रकम बढिरहेको छ । यो चिन्ताको विषय हो । अझ वैदेशिक रोजगारीमा जानेले त विप्रेषण पठाउँछन्, ती फर्केर नेपाल पनि आउँछन् तर विद्यार्थीहरू भने कमै मात्रै फर्कने गरेका छन् । देशले लगानी गरेको शिक्षित जनशक्ति यसरी बाहिरिएपछि मुलुकको लगानी खेर गइरहेको छ । त्यसैले विदेश जाने प्रवृत्ति कम गर्न स्वदेशमै उच्च शिक्षा स्तरीय बन्नु आवश्यक छ । तर, विश्वविद्यालयहरू दलीय भागबन्डाको शिकार बनेकाले सुधारको सम्भावना निकै कम छ ।  विदेश जाने प्रवृत्ति कम गर्न स्वदेशमै उच्च शिक्षा स्तरीय बन्नु आवश्यक छ । तर, विश्वविद्यालयहरू दलीय भागबन्डाको शिकार बनेकाले सुधारको सम्भावना निकै कम छ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले सम्बद्ध देशकै मुद्रा खोज्दा पाउन कठिन हुनु स्वाभाविकै हो । अमेरिकी डलरमा विदेशी मुद्रा उपलब्ध गराउँदा सटहीमा बढी खर्च लाग्छ । त्यसैले देशको विदेशी मुद्राको भण्डारमा ती देशका मुद्रा पनि हुनु उपयुक्त हुन्छ । तर, सँगसँगै के पनि बिर्सनु हुँदैन भने अध्ययनको नाममा नेपालको पैसा विदेशिइरहेको छ । अस्ट्रेलियाको घरजग्गा कारोबारमा नेपालीहरूको स्थान माथि रहेको त्यहाँको तथ्यांकले देखाएको छ । यसको अर्थ नेपालबाट पैसा पलायन भइरहेको छ भन्ने देखिन्छ । त्यस्तै अमेरिका, क्यानडामा पनि यसरी नै पैसा गइरहेको देखिन्छ जुन अध्ययनका लागि नभएर त्यहाँको घरजग्गा आदिमा लगानी भएको छ । खासगरी उताका नेपालीले नेपालमा पैसा नपठाउने र नेपालमा रहेका आफन्तलाई नेपालमै पैसा दिई हिसाबमिलान गरेर पैसा पलायन भइरहेको छ । यसलाई रोक्न आवश्यक छ । अध्ययनमा जान विद्यार्थीलाई रोक्न सकिँदैन र रोक्न पनि मिल्दैन । आफूले चाहेको विषय उनीहरूले अध्ययन गर्न पाउनुपर्छ । तर, ती विद्यार्थीलाई नेपालमा आएर काम गर्ने वातावरण बनाउनु चाहिँ सरकारको काम हो । विधिको शासन स्थापना नभइन्जेल युवा प्रतिभालाई स्वदेशमा रोक्न सकिँदैन । त्यसैले मुलुकमा विधिको शासन बलियो बनाउनेतिर लाग्नुपर्छ । त्यसो भयो भने विदेशिएका नेपाली पनि नेपाल फर्कन्छन् । जसरी भारत र चीनको विकासमा यसरी फर्केका नागरिकको भूमिका छ नेपालमा पनि त्यस्तो अवस्था आउन सक्छ ।

३ प्रश्न

विकासमा भन्दा ऋण तिर्न बढी खर्च हुने अवस्थाबारे के भन्नुहुन्छ ? घट्दो राजस्व, घट्दो विकास खर्च र बढ्दो सार्वजनिक ऋण अहिलेको यथार्थ हो । यसले वर्तमान सरकार देशको आर्थिक स्थिति सुधार्न असमर्थ रहेको...