हेर्दाहेर्दैमा सन्दीपविरुद्धको मुद्धा, शुक्रबार थुनछेक आदेशको हुने

काठमाडौंः जिल्ला अदालत काठमाडौंमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस आज हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेविरुद्ध थुनछेक बहस बुधबारदेखि प्रारम्भ भएको थियो। आज लामिछानेको तर्फबाट बहस सकिएको छ। उक्त मुद्दामा भोलि सरकारी पक्षलाई प्रतिवाद गर्ने मौका दिइनेछ। त्यसपछि अदालतले आदेश गर्नेछ। सरकारी…

सम्बन्धित सामग्री

सिंहदरबार–बागदरबारबीच अझै संवादहीनता

८ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले २६ चैतदेखि सिंहदरबारबाट फोहोर नउठाएपछि परेको रिटमा सर्वोच्च अदालतले गत शुक्रबार फोहोर उठाउने आदेश दियो । तर आदेशको तेस्रो दिन आइतबारसम्म पनि फोहोर उठाएको छैन । सर्वोच्चको आदेशको औपचारिक जानकारी आइतबार मात्रै पाएकाले मंगलबारसम्म फोहोर उठाउने महानगरपालिकाको योजना छ । औपचारिक संयन्त्रमार्फत हुनसक्ने समन्वयलाई बेवास्ता गर्दै शक्ति प्रदर्शनमा उत्रदा […]

रिहानको परिवारलाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने आदेशको पूर्ण पाठ आयो

काठमाडौंका एकता घिमिरे र सञ्जीव न्यौपानेका छोरा रिहानको उपचारका क्रममा लापरबाही गरेको भन्दै उच्च अदालतले  ३५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउन आदेश दिएको छ। पाटन उच्च अदालतको उक्त आदेशको पूर्ण पाठ शुक्रबार सार्वजनिक भएको हो। उच्च अदालतका न्यायाधीशद्वय सुवास पौडेल र हरिप्रसाद पौडेलको इजलासले जेठ ९ गते गरेको फैसलाको पूर्णपाठमा रिहानको परिवारलाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति […]

सर्वोच्चको आदेश विकास विरोधी : संघ

वीरगञ्ज : वर्षौं पुरानो मुलुकको महत्त्वाकांक्षी योजना विफल पार्ने गरी सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको वीरगन्ज उद्योग वाणिज्य संघले विरोध जनाएको छ। बारा जिल्लाको निजगढमा बन्न लागेको अन्तरराष्ट्रिय विमानस्थल त्यहाँ नबनाई विकल्प खोज्न भनी सर्वोच्च अदालतले दिएको आदेशप्रति संघले विरोध जनाएको हो।स्थानीय उद्योगी व्यवसायीले त अदालतको सो आदेश निन्दनीय भएको आरोप लगाए। उद्योगी व्यवसायीको जेठो छाता संगठन वीरगन्ज उद्योग वाणिज्य संघले शुक्रबार विज्ञप्ति जारी गर्दै यो आदेशको पुनरावलोकन गर्न माग गरेको छ।

पशुपति विकास कोषको गोठ र टहरा हटाउने आदेशको विरोध

काठमाडौं : मठ, मन्दिर, गाई, बाच्छा बचाऊ तथा समाज विकास अभियानले पशुपतिनाथ गुहेश्वरीमा छाडिएका गाई तथा घाइते बाच्छाको उपचार, संरक्षण, पालनपोषणका लागि बनेका गोठ र टहरा १५ दिनभित्र हटाउन दिएको आदेशको विरोध गरेको छ। अभियानले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै कोषको आदेशले गौसंरक्षणमा लागेकाको अपमान भएको भन्दै विरोध जनाएको हो।गत माघ १८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले दिएको मौखिक आदेश ‘एक पैसा पनि भाडा नलिई गाईपालन गरेको, के गरेको यस्तो, १५ दिनभित्र खाली गर्न पत्

आफ्नो आदेशको समीक्षा गर्दै जिल्ला प्रशासन कार्यालय

कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आफूले जारी गरेको आदेशबारे आज शुक्रबार समीक्षा गर्ने भएका छन् । कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले सार्वजनिक स्थानमा भीडभाड हटाउनका साथै स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै आर्थिक गतिविधि सञ्चालन गर्न विभिन्न निर्देशन जारी गरेका थिए ।

परमादेशले किर्ते कागजलाई मान्यता दिएर दलीय संरचना समाप्त पार्ने

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशको फैसलाले दलीय संरचना समाप्त पार्ने बताउँदै किर्ते कागजलाई मान्यता दिएर अल्पमतलाई सरकार बनाउन परमादेश दिइएको आरोप लगाउनभएको छ । शुक्रबार नयाँ वानेश्वरस्थित संसद् भवनमा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले दलबाट निर्वाचित सांसदलाई दलीय ह्वीप नलाग्ने आदेश दिनु गलत भएको बताउनुभयो । पूर्वप्रधानमन्त्री आलीले आफूले …

सर्वाेच्चको आदेशको विरोधमा एमालेले देशभर भण्डाफोर गर्ने

नेकपा(एमाले)ले सर्वोच्च अदालतको आदेशको विरोधमा देशभर भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ ।  शुक्रबार संघीय संसद भवनस्थित ल्होत्से हलमा बसेको नेकपा(एमाले)को संसदीय दलको बैठकले सर्वोच्च अदालतले मुलुकलाई निर्दलीय व्यवस्थातर्फ लैजानेगरी...