सशस्त्र प्रहरी बलका पूर्व डिआइजी प्रवीणकुमार श्रेष्ठको मुद्दामा अन्तरिम आदेशको निरन्तरता दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र डा. कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेशको निरन्तरता दिन अस्वीकार गरेको हो ।यसअघि शुक्रबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले अवकाश पत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अन्तरिम आदेश दिन अस्वीकार गरे लगत्तै डिआइजी श्रेष्ठ पदमुक्त भएका छन् ।उमेर हद र सेवाको समय बाँकी रहँदारहँदै पनि