सशस्त्र प्रहरी बलका पूर्व डिआइजी प्रवीणकुमार श्रेष्ठको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ । उमेर हद र सेवाको समय बाँकी रहँदारहँदै पनि केपी ओली सरकारले म्याद थप नगरेका कारण डिआइजी श्रेष्ठले गत असार ९ गते सेवाबाट अवकाश पाएका थिए । आफूले थप एक वर्ष सेवा गर्न पाउनुपर्ने भन्दै श्रेष्ठ सर्वोच्च अदालतमा पुगेका थिए । अन्तरिम आदेशको मागसहित दायर रिटमा शुक्रबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले अवकाश पत्र तत्काल