सबै प्रदेशमा गोताखोर, मोटरबोट र हेभी इक्युपमेन्ट परिचालन

२८ असार, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले हुनसक्ने सम्भावित मनसुनजन्य क्षति न्यूनिकरण र उद्धारका लागि जनशक्ति तथा उपकरण तयारी हालतमा राखेको छ । जस अन्तर्गत डोजर, लोडर गरि १३ वटा हेभी इक्यूपमेन्टलाई प्रधान कार्यालयसहित कोशी स्थित नं. १ बराह बाहिनी सुनसरी, नं. ६ महेश्वरी बाहिनी सुर्खेत, नं. ७ बैद्यनाथ बाहिनी कैलाली, विपद् व्यवस्थापन तालिम […]

सम्बन्धित सामग्री

वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत क्षेत्रीको हृदयाघातबाट निधन - NepaliPatra

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरि क्षेत्रीको हृदयाघातबाट मृत्यु भएको छ । वीरेन्द्रनगर-७ निवासी क्षेत्रीले सुर्खेतको पर्यटकीय स्थल बुलबुले तालमा मोटरबोट उद्घाटन समारोहमा उद्घोषक बनेका थिए । उक्त कार्यक्रमपछि छाँती दुखेको बताएका क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको कर्णाली प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए । उक्त कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल […]

वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत क्षेत्रीको हृदयाघातबाट निधन

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरि क्षेत्रीको हृदयाघातबाट मृत्यु भएको छ । वीरेन्द्रनगर-७ निवासी क्षेत्रीले सुर्खेतको पर्यटकीय स्थल बुलबुले तालमा मोटरबोट उद्घाटन समारोहमा उद्घोषक बनेका थिए । उक्त कार्यक्रमपछि छाँती दुखेको बताएका क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको कर्णाली प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए । उक्त कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल […]

कालीगण्डकीको ‘स्टिमर’मा बुद्धिचाल प्रतियोगिता सुरु

१२ जेठ, वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित आँधीमुहानमा मोटरबोट (स्टिमर)मा आजदेखि बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । कालीगण्डकी गाउँपालिका र गण्डकी प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला बुद्धिचाल प्रतियोगिता सुरु भएको …

सप्तकोशीमा मोटरबोट दुर्घटना, पत्रकारसहित केही घाइते

सुनसरीको चतरा पुल नजिकै सप्तकोशी नदीमा मोटरबोट दुर्घटना परेको छ । कोशी प्रदेश सरकार मातहतको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनीद्वारा सञ्चालित “सि.सं. ४ गोताखोर तालिमको अन्तिम प्रवचन कार्यक्रममा सहभागी हुन गएका पत्रकार तथा आगन्तुक सवार मोटरबोट दुर्घटनामा परेको हो ।

कैलालीको बेहडाबाबामा मोटरबोट सञ्चालन

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका बेहडाबाबास्थित महादेवा तालमा मोटरबोट सञ्चालनमा ल्याइएकाे छ। नेपाल बोट एण्ड अम्युज्मेन्ट प्रालिले हाललाई उक्त तालमा एकवटा बोट सञ्चालनमा ल्याएको हो। पर्यटन विकासका लागि सो तालमा कम्पनीले ६ बोट सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले तालमा मोटरबोटको उद्घाटन गरे। उनले माेटरबाेट सञ्चालन गर्दै प्रदेश सरकार पर्यटन विकासका […]

वाग्मती नगरपालिकाको मानव निर्मित ताल प्रदेश २ कै उत्कृष्ट पर्यटकीय गन्तव्य

असार ११, रौतहट । सर्लाहीको वाग्मती नगरपालिकाले निर्माण गरिएको मानव निर्मित ताल प्रदेश नं २ कै उत्कृष्ट पर्यटकीय गन्तव्य स्थल बनेको छ । तालको सौन्दर्यता अवलोकन तथा मोटर बोटिङका लागि विभिन्न स्थानबाट उल्लेखनिय मात्रमा आन्तरिक पर्यटकहरु आउने गरेको पाइएको छ । पर्यटकहरु बिदाको दिन परिवारसहित मनोरञ्जन लागि उक्त तालमा पुग्ने गरेका छन् । तालमा हंसराज प्रजातिको हाँस रहेकाले पौडि खेलेको दृश्य अवलोकनका लागि धेरैजसो पर्यटकहरु आउने गरेको स्थानिय बताउँछन् । तालमा माछा पालन गरिने र थप सौन्दर्यताका लागि विभिन्न कामहरु गरीने वाग्मती नगरपालिकका नगर प्रमुख भरत थापाले बताए ।  करीब दुई महीना भित्रमा तालको सौन्दर्यकरणको काम सकिएपछि पर्यटकको संख्यामा थप वृद्धि हुने उनको भनाइ छ । उनका अनुसार १२१ बिघा क्षेत्रफलमा निर्माण गरिएको उतm तालको गहिराइ ३५ फिट छ । ६० करोड निर्धारण गरिएको भएपनि हालसम्म ३७ करोड लगानी भइसकेको उनले जानकारी दिए । पूर्व पश्चिम राजमार्गदेखि करीब ३ किलोमिटर दक्षिण तर्फ वग्मती नगरपालिका वडा नम्बर ४ मा रहेको सो तालमा जेटबोट सञ्चालनमा छ ।  वाग्मती इन्टरटेनमेन्ट प्रा.लिले वैशाख १ गतेदेखि नै दुई ओटा मोटरवोट सञ्चालन गरेको छ भने बिहीवारदेखि जेटवोट सञ्चालनमा ल्याएको हो । ३५ सिट क्षमता भएको जेटवोट पर्यकटकको रोजाईमा पर्नेे वाग्मति ईन्टरटेनमेन्ट प्रा.लिका अध्यक्ष गौतम खड्काले जानकारी दिए ।  गर्मी महीनामा मोटरबोट चढेर रमाईलो गर्न पर्यटकहरु आउने उनको विश्वास छ । पछिल्लो समय तालमा पुगेर सर्वसाधरणले समाजिक सञ्जाल फेसबुक तथा टिकटकमा पोष्ट गर्ने गरेको पाइन्छ ।

सप्तकोशीमा पानीजहाज सञ्चालन बन्द, दैनिक दुई लाख घाटा

जेठ १६, धनकुटा । सप्तकोशी नदीमा पानी जहाजले चर्चा पाएको जेटबोट कोभिड-१९  को कारण बन्द भएको छ । स्थानीय प्रशासन र सेवा प्रदायकबीच भएको सम्झौता अनुसार कोरोनाको नयाँ लहर शुुरु भएसँगै बन्द गर्दा दैनिक दुई लाख घाटा हुने गरेको जेट बोट सञ्लकको भनाइ छ ।  यात्रु तथा पर्यटकलाई कोरोरो संक्रमणबाट बचाउन जेटबोट बन्द गर्दा दैनिक दुईलाख क्षति भएको बहरा क्षेत्र म्यारिन एण्ड रिसोर्ट प्रालिका सञ्चालक नविन पौडेल बताए । उनले भने, ‘मेरो ४ ओटा जेटबोट थियो, अन्य ३ ओटा गरी जम्मा दैनिक चल्ने ७ ओटा जेटबोट बन्द भएको छ, जसको कारण दैनिक दुईलाख क्षति भएको छ ।’ सप्तकोशीमा तीन सिट, आठ सिट, १८ सिट र ७० सिट क्षमताका जेटबोट सञ्चालन हुँदै आएको छ ।  नेपालको पानीजहाज भनेर प्रचार गरिएका यी जल यात्राका साधनले स्थानीय तथा वाह्य पर्यटकलाई जलयातयातको महशुस गराउनुको साथै सुनसरी र उदयपुरको सिमाक्षेत्रमा पर्ने चतरादेखि धनकुटा, भोजपुर र संखुवासभालगायत पहाडी भेगका बासिन्दाको लागि यातायात सेवा पर्‍याउँदै आएको थियो ।  जलयात्रा गर्ने आन्तरिक पर्यटकहरुको पहिलो रोजाई बन्दै गएको उक्त सेवा कोरोना महामारीले रोकिएपछि सामान्य बनेपछि पुनः सञ्चालनमा ल्याइने पौडेलको भनाइ छ । उनले दैनिक ५०० यात्रुले यात्रा गर्दै आएको समेत जानकारी दिए ।  उनले भने, ‘सरकारले चाह्यो भने दोलालघाटसम्म जेटबोटबाट यात्रु आवतजावत गर्न गराउन सकिन्छ तर नदीका बीचमा रहेका ढुंगाहरु सरकारले पन्छाइ दिनुपर्छ ।’ पर्यटक गाइडका रुपमा काम गर्दागर्दै उनले दुई दशक अघिदेखि नेपालका विभिन्न नदीमा मोटरबोट र जेटबोट चलाउन शुरु गरेका हुन् ।  पहिलो चरणमा भोजपुुरको हतुवागडीस्थित भसुवासम्म पुगि रहेको जेटबोटका लागि दूधकोशीको बाधा पन्छाउने हो भने उदयपुरको बेलका नगरपालिका–७ र भोजपुरको हतुवागढी गाउँपालिका–९ को लाम्पातेसम्म पुग्न सकिने बताए । उनका अनुसार अरुण नदीबाट अझै टाढाको दूरीमा पर्ने तुम्लिङटारसम्म जेटबोट सञ्चालन गर्न नदीको बीचमा रहेको दुईओटा अब्स्ट्याकल (ढुंगा) ब्लास्ट गर्नुपर्ने र दूधकोसी (सुनकोसी) बाट दोलालघाट पुग्नका लागि एउटा ढुंगा ब्लास्ट गर्नु पर्नेछ । जेटबोटले भोजपुरका हतुवागडी, आमचोक, धनकुटाको सहिद भूमि गाउँपालिका सहित भोजपुर–खोटाङका दक्षिणी भेगका स्थानीयलाई छोटो दूरीमै सुनसरीको बराह क्षेत्रसँग जोडिदिएको छ ।  पानी जहाज सञ्चालन तथा नियमन सम्बन्धी कानून बनेन प्रधानमन्त्री लगायत विभिन्न पार्टीका नेताले पानी जहाजको सपना बाँडेको धेरै वर्ष भयो । संघीय सरकारले पानी जहाज कार्यालय पनि स्थापना गरिसकेको छ । तर, पानी जहाज सञ्चालन तथा नियमन सम्बन्धी कानून अझैसम्म बनेको छैन ।  खोटाङका लिकुवापोखरी, भञ्ज्याङ, काउलेदेखि चिसापानीसम्मका स्थानीय एकै घण्टामा सुनसरीको चतरा आइपुग्न सकिन्छ । चतराबाट चिसापानी हिँडेर जाने हो भने तीन दिनसम्म लाग्छ ।  यी क्षेत्रहरुबाट चतरासम्म आइपुग्न याफटिङमा करीब ८ घण्टा लाग्छ । बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिका सञ्चालक अध्यक्ष सन्तोष भण्डारी र निर्देशक अमित भगतले सरकारले जल यातायातलाई सहज बनाउँदै स्थानीय यात्रुलाई अर्को क्षेत्रसँग जोड्नका लागि जेटबोट वैकल्पिक यातायातको साधन भएकाले जल यातायात सम्बन्धि नीति बनाउनु पर्ने माग गरे ।  हालसम्म निजी क्षेत्रबाट कोशी, अरुण र दूधकोशीमा जल यातायात्र सञ्चालन भइरहेको छ । तर व्यापक रुपमा जेटबोट सञ्चालन गर्न नदीका अब्स्ट्याकल हटाउन सरकारले नै पहल गर्नुपर्छ,’ उनका अनुसार जेटबोटले पूर्वका मुख्य सहरसँगको दूरी निकै कम बनाएको छ । सार्वजनिक सवारी साधनबाट घण्टौं समय लाएर सहर पस्नु पर्ने यात्रुले अब जल यातायातको माध्यमबाट २० मिनेटको समयमै ठूलाठूला पहाड र अक्करे भिरहरु छिचोल्न सकेका छन् । तर जेटबोटको सम्भावना र यात्रुहरुको सुविधा यतिमा मात्र पर्याप्त छैन ।  अरुणतिरबाट जाँदा सिम्ले र अखुवाटारको बीचमा पर्ने छहरालाई ‘कटिङ’ गरेर ‘साइट लाइन’ सारेमा तुम्लिङटारसम्म सहजै पुग्न सकिने भगतले बताए । पानीजहाज सञ्चालन भएको एक वर्ष बित्न लागे पनि अझैसम्म कानून निर्माण नभएका कारण विभिन्न खालका समस्या देखिएको बराहक्षेत्र म्यारिन एन्ड रिसोर्टका अध्यक्ष नविन पौडेलले प्रदेश १ का सांसदहरु समक्ष गुनासो गरेका छन् ।

सप्तकोसीमा पुन : जेटबोट सञ्चालन

असुरक्षाको कारण देखाउँदै बन्द गरिएको सप्तकोसीमा सञ्चालित जेटबोट पुनः सञ्चालनमा आएको छ । प्रदेश सरकारको पहलपछि जेटबोट मंगलबारदेखि पुनः सञ्चालनमा आएको हो । जेटबोट सञ्चालनसम्बन्धी कानुनको अभाव र असुरक्षा बढेको भन्दै व्यवसायीले दुई साता अघिदेखि सेवा बन्द गरेका थिए । जेटबोट सञ्चालनसम्बन्धी कानुन बनाउने र सुरक्षा प्रदान गर्ने प्रदेश सरकारको आश्वासनपछि पुनः सञ्चालनमा ल्याइएको हो । सुनसरीको चतराबाट सप्तकोसी नदीमा सञ्चालन हुँदै आएको मोटरबोट तथा जेटबोटहरूले सेवालाई पुनः निरन्तरता दिएका छन् ।