असार ११, रौतहट । सर्लाहीको वाग्मती नगरपालिकाले निर्माण गरिएको मानव निर्मित ताल प्रदेश नं २ कै उत्कृष्ट पर्यटकीय गन्तव्य स्थल बनेको छ । तालको सौन्दर्यता अवलोकन तथा मोटर बोटिङका लागि विभिन्न स्थानबाट उल्लेखनिय मात्रमा आन्तरिक पर्यटकहरु आउने गरेको पाइएको छ ।
पर्यटकहरु बिदाको दिन परिवारसहित मनोरञ्जन लागि उक्त तालमा पुग्ने गरेका छन् । तालमा हंसराज प्रजातिको हाँस रहेकाले पौडि खेलेको दृश्य अवलोकनका लागि धेरैजसो पर्यटकहरु आउने गरेको स्थानिय बताउँछन् । तालमा माछा पालन गरिने र थप सौन्दर्यताका लागि विभिन्न कामहरु गरीने वाग्मती नगरपालिकका नगर प्रमुख भरत थापाले बताए ।
करीब दुई महीना भित्रमा तालको सौन्दर्यकरणको काम सकिएपछि पर्यटकको संख्यामा थप वृद्धि हुने उनको भनाइ छ । उनका अनुसार १२१ बिघा क्षेत्रफलमा निर्माण गरिएको उतm तालको गहिराइ ३५ फिट छ । ६० करोड निर्धारण गरिएको भएपनि हालसम्म ३७ करोड लगानी भइसकेको उनले जानकारी दिए । पूर्व पश्चिम राजमार्गदेखि करीब ३ किलोमिटर दक्षिण तर्फ वग्मती नगरपालिका वडा नम्बर ४ मा रहेको सो तालमा जेटबोट सञ्चालनमा छ ।
वाग्मती इन्टरटेनमेन्ट प्रा.लिले वैशाख १ गतेदेखि नै दुई ओटा मोटरवोट सञ्चालन गरेको छ भने बिहीवारदेखि जेटवोट सञ्चालनमा ल्याएको हो । ३५ सिट क्षमता भएको जेटवोट पर्यकटकको रोजाईमा पर्नेे वाग्मति ईन्टरटेनमेन्ट प्रा.लिका अध्यक्ष गौतम खड्काले जानकारी दिए ।
गर्मी महीनामा मोटरबोट चढेर रमाईलो गर्न पर्यटकहरु आउने उनको विश्वास छ । पछिल्लो समय तालमा पुगेर सर्वसाधरणले समाजिक सञ्जाल फेसबुक तथा टिकटकमा पोष्ट गर्ने गरेको पाइन्छ ।