काठमाडौं : सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब ‘वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता’मा च्याम्पियन बनेको छ। एपिएफ ५ स्वर्णसहित टिम च्याम्पियन बनेको हो। च्याम्पियन एपिएफले १ लाख नगद पुरस्कार पायो।
ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा नेपाल आर्मी ३ स्वर्णका साथ दोस्रो भयो।