हुलास स्टिलद्वारा रक्तदान कार्यक्रम तथा आर्थिक सहयोग प्रदान
हुलास स्टिलले आज (शुक्रबार) रक्तदान कार्यक्रम आयोजना गरेको छ। कम्पनीले स्थापना दिवसको अवसरमा स्वर्गीय दिवाकर गोल्छाको स्मरणमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।...
काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको सातांै वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले समता एजुकेसन फाउन्डेसनलाई आर्थिक सहयोग गरेको छ । समताले विभिन्न जिल्लाका ८३ विद्यालयमा प्रतिविद्यार्थी मासिक शुल्क रू. १०० मा अध्यापन गराउँदै आएको छ ।
समताले गरीब तथा जेहेनदार विद्यार्थीलाई सबैभन्दा न्यून शुल्कमा विज्ञान, नर्सिङ विषय लगायत मेडिकल विषयसम्बन्धी शिक्षा प्रदान गर्ने योजना बनाएको बताइएको छ । कम्पनीले यही उद्देश्यमा सघाउन रू. ५ लाख उपलब्ध गराएको छ । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेले समता फाउन्डेसनका निर्देशक दीपक सन्जेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
वार्षिकोत्सवको अवसरमा कम्पनीका विभिन्न शाखाले बीमा साक्षरता कार्यक्रम, र्याली, रक्तदान कार्यक्रम, समुदायका लागि शीपमूलक तालीम, शैक्षिक सामग्रीको अभाव भई शिक्षाबाट वञ्चित विद्यार्र्थीको लागि शैक्षिक सामग्री वितरण गरेको बताइएको छ ।
काठमाडौं । बाराको सिमरामा रहेको हुलास स्टील इण्डष्ट्रिज लिमिटेडले रक्तदान कार्यक्रम आयोजना गरेको छ । उद्योगका संस्थापक एवम् सञ्चालक स्व.दिवाकर गोल्छाको ७०औं जन्मजयन्तीको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै आर्थिक सहयोग प्रदान गरेको हो । उद्योगको काठमाडौंस्थित करपोरेट कार्यालय, बाराको सिमरास्थित कारखाना एवम् हिप्को इन्फ्रामा रक्तदान कार्यक्रम आयोजना गरिएको उद्योगले जनाएको छ । कम्पनीको […]
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल १७औं वर्षमा प्रवेश गरेको छ । १६ वर्षको अवधिमा बैंकले करीब १५ लाख ५५ हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गरेको बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
सातओटै प्रदेशमा १८२ शाखामार्फत सेवा दिँदै आएको बैंकको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको कुल निक्षेप करीब रू. १ खर्ब ६२ अर्ब रहेको बताइएको छ । बैंकले यो अवधिमा करीब रू. १ अर्ब २४ करोड खुद मुनाफा गरेको बैंकको भनाइ छ ।
बैंकले १६औं वार्षिकोत्सवको अवसरमा सातओटै प्रदेशमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ, जसबाट वित्तीय ज्ञानको समेत अभिमुखीकरण भएको बैंकको अपेक्षा छ । सो अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सातओटै प्रदेशका २७ स्थानमा करीब ७२६ जना रक्तदाताको सहभागितामा रक्तदान कार्यक्रम गरेको छ ।
त्यस्तै बैंकका विभिन्न शाखाले निःशुल्क स्वास्थ्य शिविर लगायत सांस्कृतिक, शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन काम गर्ने संघ संस्थालाई आर्थिक सहयोग गरेको बताइएको छ । पछिल्लो समय ग्राहकलाई सेवा पु¥याउन विभिन्न संस्थासँग सहकार्य गर्नुका साथै बैंकिङ कार्यलाई प्रविधिमैत्री बनाउँदै लगिएको बैंकले बताएको छ ।
ग्रीन डेभलपमेन्ट बैंक स्थापनाको दसौं वर्षमा प्रवेश गरेको छ ।वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको छ । बैंकले पोखरा महानगरपालिका–२८ स्थित वनपाले सामुदायिक वन उपभोक्ता समुहमा वृक्षारोपण कार्यक्रम, केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम र बागलुङ जिल्लाको हनुमान् नाच संरक्षण परिषद् तथा रंकबैंकटेश्वर मुक्तिनारायण मन्दिरलाई आर्थिक सहयोग गरेको छ ।रक्त सञ्चार केन्द्र, पोखराको […]
काठमाडौं (अस) । नेको इन्सुरेन्स २७औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले मंगलवार २६ वर्ष पूरा गरेको हो । वार्षिकोत्सवको अवसरमा कम्पनीले रक्तदान कार्यक्रम, बीमा सचेतनामूूलक साइकल र्याली, कर्मचारीबीच फूटबल, ब्याडमिण्टन, म्युजिकल चेयर लगायत विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । त्यस्तै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिर, नक्सालका बालबालिकाको औषधि उपचारका लागि २ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरिएको कम्पनीले जानकारी दिएको छ । उक्त रकम बराबरको चेक कम्पनीका अध्यक्ष रोहितकुुमार भट्टराईले संस्थाका प्रतिनिधिलाई हस्तान्तरण गरेका थिए । कम्पनीले विगत केही वर्षयता आफ्नो सेवा प्रवाह, बीमाशुल्क, दाबी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानी लगायत सूचकांकमा उल्लेख्य वृद्धि गरेको दाबी गरेको छ ।
काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंक १५ औं वर्ष पूरा गरी १६ औं वर्ष प्रवेश गरेको छ । बैंकले वार्षिकोत्सव अवसर पारेर डिजिटल माध्यमद्वारा एकैसाथ ३२ शाखाको केन्द्रीय कार्यालयबाटै उद्घाटन गरेको छ ।
बैंकले प्रदेश १ मा ४, प्रदेश २ मा ३, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा २ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । बैंक अध्यक्ष भरतराज ढकालले नयाँ शाखा कार्यालय उद्घाटन गरे ।
अध्यक्ष ढकालले बैंकले नागरिकलाई आधुनिक बैंकिङ सुविधाका साथै वित्तीय तथा गैरवित्तीय सेवाद्वारा देशको अर्थतन्त्रमा योगदान दिँदै आएको बताए । कार्यक्रममा बैंकका वर्तमान सञ्चालक, पूर्वसञ्चालक, संस्थापक शेयरधनी तथा बैंकका उच्च पदाधिकारी, शाखा प्रबन्धक उपस्थित थिए ।
बैंकले ७ वटै प्रदेशका क्षेत्रीय तथा शाखामा विभिन्न सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गरेको छ । विद्यालयमा स्टेसनरी सामग्री तथा फर्निचर वितरण, विभिन्न अनाथालय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, विभिन्न ठाउँमा डस्बिन वितरण, वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ साक्षरताका कार्यक्रम, विद्यार्थीलाई न्याना कपडा, स्कुल ब्याग वितरण, विद्यालयका पुस्तकालयलाई बस्ने कुर्सी सहयोग र विभिन्न संस्थालाई आर्थिक सहयोग गरेको छ ।
क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयले रक्तदान कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । बैंकले काठमाडौंको केन्द्रीय कार्यालय कमलादी र पोखरा क्षेत्रीय कार्यालयमा बृहत रक्तदान आयोजना गरेको छ । उक्त कार्यक्रमबाट २०२ पोका रगत संकलन भएको बैंकले बताएको छ । डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरिका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था छ ।
काठमाडौं (अस) । नेपालको पहिलो बैंक नेपाल बैंकले मंगलबार वार्षिकोत्सव मनाउँदै छ । बैंक ८४ औं वर्ष पूरा गरी ८५ औं वर्ष प्रवेश गरेको छ । १९९४ कात्तिक ३० गते स्थापना भएको नेपाल बैंकले नेपालमा बैंकिङ अभ्यासको सुरुआत गरेको मानिन्छ । बैंकले २ दशकभन्दा बढि समयसम्म लाभांश वितरण गर्न सकेको थिएन । तर, आव ०७६/७७ देखि लाभांश बिवतरण गर्न थालिसकेको छ । सोही कारण बैंकको शेयरमा पुँजी बजारका लगानीकर्ताको आकर्षण बढ्दो छ ।
तत्कालीन समय नेपाल बैंक कानुन, १९३७ अनुसार स्थापना भएको यो बैंकको उद्घाटन तत्कालीन राजा त्रिभुवनले गरेका थिए । नेपाल सरकार र सर्वसाधारणको निजी–सरकारीसाझेदारीको अवधारणामा यो बैंक स्थापना गरिएको थियो । पहिला यो बैंकमा सरकारको ४० प्रतिशत र सर्वसाधारणको ६० प्रतिशत शेयर स्वामित्व थियो । अहिले त्यो परिवर्तन भएर सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व छ ।
हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ६४ करोड पुगेको छ । नेपालमा औपचारिक बैंकिङ सेवाको सुरुआत मात्रै नभई स्वदेशी मुद्रा प्रचलमा ल्याउने श्रेय पनि नेपाल बैंकलाई नै दिइने गरेको छ । नेपालमा केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक) को स्थापना भएको २०१३ सालमा मात्र हो । त्यसभन्दा पहिला नेपाल बैंकले नै केन्द्रीय बैंकको काम गरेको थियो । बैंकले उद्योग, कृषि, पर्यटन तथा व्यापार व्यवसाय र आय आर्जनका क्षेत्रको विकास एवं प्रवद्र्धनमा अग्रणी भूमिका खेलेको पाइन्छ । नेपाल बंैकले हाल हिमाल, पहाड, तराईमा शाखा विस्तार गरी कारोबार गरिरहेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत भूगोलपार्क हरियाली, रक्तदान कार्यक्रम, महिला सशक्तीकरणसम्बन्धी कार्यक्रम, विपन्न वर्ग लक्षित स्वास्थ्य सुधार कार्यक्रम, बाढीपीडित राहत कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यसैगरी ज्येष्ठ नागरिक सम्मान, असहाय बालबालिकालाई सहयोग तथा विनाशकारी भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुननिर्माणमा सहयोग, कोभिड–१९ महामारीमा सरकार र विभिन्न संघ– संस्थालाई आर्थिक सहयोग उपलब्ध गराएको छ । हाल बैंकमा स्थायी, करार सेवा र ज्यालादारी गरी करिब २४०० कर्मचारी कार्यरत छन् । सुरु चरणमा बैंकले लेजर बुक, धातुको टोकन माध्यमबाट निक्षेप बुझी भुक्तानी दिने, कारोबारको पासबुक रेकर्ड राखी ग्राहकलाई दिनेजस्ता कार्यप्रणाली प्रयोग गरिरहेको थियो । तर, पछिल्लो समय अत्याधुनिक डिजिटल बैंकिङ सेवा सञ्चालन गरिरहेको छ । बैंकले हाल २० लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।
कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले आफ्नो १५ ओेैैं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । बैंकको क्षेत्रिय कार्यालय बुटवलको आयोजनामा सामाजिक उत्तर दायित्व अन्र्तगत रुपन्देही जिल्लाको बुटवल स्थित रक्त सञ्चार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । बुटवल क्षेत्रमा रहेका २४ वटै शाखा कार्यालयहरु बाट सप्ताहव्यापी रुपमा बैंकले आफ्नो सस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदना, बृक्षारोपण, सार्वजनिक स्थल सरसफाई तथा जनचेताना, विपन्न परिवारका विद्ययार्थीहरुलाई शैक्षिक सामाग्री वितरण, विपन्न बर्गका विद्यार्थिलाई न्यानो कपडा वितरण, वालमन्दिरका वाल बच्चाहरुलाई फलफुल वितरण, अनाथ आश्रममा आश्रितलाइ स्वास्थ सामाग्री वितरण, प्रहरी कार्यालयमा यूरो फिल्टर वितरण सार्वजनिक स्थलहरुमा डस्टविन वितरण जस्ता कार्यहरु गरेर बैंकको १५औ बार्षिक उत्सव मनाएको बैंकका क्षेत्रिय प्रबन्धक मोहन दत्त खनालले जानकारी दिए । त्यस्तै बैंकले विन्ध्यवासिनी धार्मिक क्षेत्र बिकास समिती र अकलादेवी तथा लक्ष्मी नारायण मन्दिर व्यवस्थापना समिती लाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो १५ ओेैैं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा स्थित वन्ध्यवासिनी धार्मिक क्षेत्र बिकास समिती लाई रुदुई लाख पचास हजार र अकलादेवी तथा लक्ष्मी नारायण मन्दिर व्यवस्थापना समिती लाई रु एक लाख आर्थिक सहयोग गरेको हो ।बैंकले बरुवा बजार र प्रसिद्ध धार्मिक स्थल त्रिवेणीधाममा डस्टविन वितरण पनि गरेको छ । बैंकले नवलपरासी जिल्लाको सुस्ता स्थित बरुवा बजार र प्रसिद्ध धार्मिक स्थल त्रिवेणीधाममा डस्तवीन वितरण गरेको हो। बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने बताएका छन् ।