काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल १७औं वर्षमा प्रवेश गरेको छ । १६ वर्षको अवधिमा बैंकले करीब १५ लाख ५५ हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गरेको बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
सातओटै प्रदेशमा १८२ शाखामार्फत सेवा दिँदै आएको बैंकको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको कुल निक्षेप करीब रू. १ खर्ब ६२ अर्ब रहेको बताइएको छ । बैंकले यो अवधिमा करीब रू. १ अर्ब २४ करोड खुद मुनाफा गरेको बैंकको भनाइ छ ।
बैंकले १६औं वार्षिकोत्सवको अवसरमा सातओटै प्रदेशमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ, जसबाट वित्तीय ज्ञानको समेत अभिमुखीकरण भएको बैंकको अपेक्षा छ । सो अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सातओटै प्रदेशका २७ स्थानमा करीब ७२६ जना रक्तदाताको सहभागितामा रक्तदान कार्यक्रम गरेको छ ।
त्यस्तै बैंकका विभिन्न शाखाले निःशुल्क स्वास्थ्य शिविर लगायत सांस्कृतिक, शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन काम गर्ने संघ संस्थालाई आर्थिक सहयोग गरेको बताइएको छ । पछिल्लो समय ग्राहकलाई सेवा पु¥याउन विभिन्न संस्थासँग सहकार्य गर्नुका साथै बैंकिङ कार्यलाई प्रविधिमैत्री बनाउँदै लगिएको बैंकले बताएको छ ।