विश्व बैंकले घटायो भारतको वृद्धि प्रक्षेपण

काठमाडौं । बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले भारतको आर्थिक वृद्धिको प्रक्षेपण घटाएको छ । बैंकका अनुसार आर्थिक वर्ष २०२३/२४ भारतको अर्थतन्त्र ६ दशमलव ३ प्रतिशतले बढ्नेछ । यो अनुमान यसअघिको भन्दा शून्य दशमलव ३ प्रतिशत अंक कम हो । उच्च महँगी अनि बढ्दो कर्जा लागतका कारण निजी खपत सीमित बनेको भन्दै बैंकले भारतको वृद्धि प्रक्षेपण घटाएको हो । विकसित अर्थतन्त्रको कसिलो मौद्रिक नीति, चीनको कमजोर आर्थिक वृद्धिदर र युक्रेनमा रुसको आक्रमणको उल्लेख्य नकारात्मक प्रभावलाई भारतले सहन गरेको हो । यो वर्षको अहिलेसम्मको अवधिमा यी झट्काको प्रभाव उत्कर्षमा पुगेर कम हुँदै गएको छ । क्षेत्रीय आर्थिक अवस्था पनि सुध्रिएको छ । सन् २०२२ को उत्तरार्द्धदेखि नै व्यापार घाटा पनि कम हुँदै गएको छ । तर, यी यावत कुराहरू भइरहँदा पनि आर्थिक वृद्धिदर भने निरन्तर सुस्त नै रहने विश्व बैंकको भनाइ छ । उच्च स्तरमा रहेको महँगीका कारण निजी खपत घटेको अनि  फिस्कल कन्सोलिडेशनले सरकारी खर्च प्रभावित हुने अनुमानका कारण वृद्धि प्रक्षेपण घटाइएको हो ।  बैंकले भारतको आर्थिक वृद्धिको प्रक्षेपण घटाएको भएपनि विश्वको प्रक्षेपण बढाएको छ । अमेरिका समेतका अन्य प्रमुख अर्थतन्त्रहरू अघिल्लो प्रक्षेपणभन्दा उत्थानशील रहेकोतर्फ औंल्याउँदै बैंकले विश्वव्यापी वृद्धि प्रक्षेपण भने बढाएको छ । वित्तीय जोखिम विश्व अर्थतन्त्रमा कालो बादलको रूपमा रहेको भए पनि बैंकले सन् २०२३ को विश्वव्यापी वृद्धि प्रक्षेपण शून्य दशमलव ४ प्रतिशतले बढाएको छ । बैंकका अनुसार यो वर्ष विश्व अर्थतन्त्र २ दशमलव १ प्रतिशतले बढ्ने बैंकले आफ्नो पछिल्लो प्रतिवेदनमा बताएको छ । यसअघि जनवरीमा गरिएको प्रक्षेपणमा यो दर १ दशमलव ७ प्रतिशत मात्रै हुने भनिएको थियो । यद्यपि, वृद्धिको यो दर अघिल्लो वर्षको भन्दा कम हुनेछ । सन् २०२२ मा विश्व अर्थतन्त्र ३ दशमलव १ प्रतिशतले बढेको थियो । विश्वभर ब्याजदर उच्च रहँदा उदीयमान बजार र विकसित अर्थतन्त्रमा वित्तीय दबाबको जोखिम चर्किएको बैंकले प्रतिवेदनमा भनेको छ । सन् २०२५ मा विश्वको आर्थिक वृद्धिदर सुध्रिएर ३ प्रतिशतमा उक्लिने बैंकको अनुमान छ । विश्व अर्थतन्त्र आर्थिक मन्दीको संघारमा रहँदा विश्वको जीडीपी सुस्ताइरहेको जनवरीमा बैंकले चेतावनी दिएका थियो । तर, त्यसयता अमेरिकामा श्रम बजार मजबुत बन्यो भने खपत पनि अपेक्षा गरेभन्दा धेरै नै भयो । चीनको अर्थतन्त्र पनि कोभिडका कारण लगाइएको लकडाउनको प्रभावबाट छिट्टै उब्रियो । एजेन्सी

सम्बन्धित सामग्री

सरकारी लक्ष्यभन्दा कम आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले बुधवार सार्वजनिक गरेको ‘विश्वव्यापी आर्थिक सम्भावना’ प्रतिवेदनअनुसार नेपालले चालू आवमा आर्थिक वृद्धिदर सरकारको लक्ष्य अनुसार पूरा गर्न नसक्ने प्रक्षेपण गरेको हो।...

सन् २०२४ मा विश्व आर्थिक वृद्धि सुस्त रहने प्रक्षेपण

सन्  २०२४ मा आर्थिक वृद्धि घटेर २.४ प्रतिशत कायम रहने  संयुक्त राष्ट्रसङ्घको ‘अवस्था र सम्भावना २०२४’ नामक प्रतिवेदनले प्रक्षेपण गरेको छ। सन् २०२३ मा  विश्व आर्थिक बृद्धि २.७ प्रतिशत थियो। विश्वव्यापी...

भारतको अर्थतन्त्र विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने आईएमएफको प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतको अर्थतन्त्र विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने प्रक्षेपण गरेको छ । आईएमएफको प्रमुख प्रकाशन 'विश्व आर्थिक परिदृश्य' मा वित्तीय क्षेत्रको उथलपुथल, उच्च मूल्यवृद्धि, रुस–युक्रेन युद्ध तथा तीन वर्ष लामो कोरोना महामारीका बाबजुद भारत विश्वको सबैभन्दा द्रुत वृद्धि हासिल गर्ने अर्थव्यवस्था हुने प्रक्षेपण गरिएको हो । आईएमएफले जारी गरेको विश्व आर्थिक परिदृश्यमा यसअघि गरिएको सन् २०२३/२४ मा भारतको आर्थिक वृद्धिको ६ दशमलव १ प्रतिशतको प्रक्षेपणलाई सच्च्याउँदै ५ दशमलव ९ प्रति...

नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५ दशमलव १ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले नेपाल डेभलपमेन्ट अपेडट सार्वजनिक गर्दै आर्थिक वर्ष २०२२/०२३ मा ५ दशमलव १ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको हो । त्यस्तै, बैंकले आगामी वर्ष २०२३/०२४ मा भने नेपालले ४ दशमलव ९ प्रतिशतको वृद्धिदर हासिल […]

नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने विश्व बैंकको प्रक्षेपण

२१ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । विश्व बैंकले नेपाल डेभलपमेन्ट अपेडट सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । विश्व बैंकका अनुसार आर्थिक वर्ष २०२२/२३ मा ५.१ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । यो एसियाली विकास बैंकले केही साता अगाडि गरेको […]

विश्व बैंकले घटायो यस वर्षको विश्वव्यापी वृद्धि प्रक्षेपण

बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले विश्वव्यापी आर्थिक वृद्धिको प्रक्षेपण घटाएको छ । युक्रेनमा रुसले गरेको आक्रमणका कारण देखाउँदै विश्व बैंकले विश्वव्यापी अर्थतन्त्रको वृद्धि अनुमान २.९ प्रतिशतमा घटाएको छ

विश्व बैंककाे प्रक्षेपण : नेपालकाे आर्थिक वृद्धि दर ३ दशमलव ९ प्रतिशत मात्रै

काठमाण्डाै – चालु आर्थिक वर्षमा नेपालकाे कुल गार्हस्थ्य उत्पादन ३ दशमलव ९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ । विश्व बैंकले 'विश्वव्यापी आर्थिक सम्भावना' शीर्षकमा हिजाे बुधवार निकालेकाे एक प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धि दर ३ दशमलव ९ प्रतिशत हुने अनुमान गरिएको छ । महामारीबाट बच्न खोप लगाउने जनसङ्ख्यामा बढोत्तरीसँगै कृषि उत्पादकत्वमा हुने वृद्धि र सेवा क्षेत्रमा देखिएका केही सुधारका आधारमा बैंकले चालु आवमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशतमा सङ्कुचित हुने प्रक्षेपण गरेको हो । काेभि...

यो वर्ष नेपालको आर्थिक वृद्धि दर ३.९ प्रतिशत: विश्व बैंक

नेपालको अर्थतन्त्र चालु आर्थिक वर्ष २०७८/०७९ मा ३.९ प्रतिशतले वृद्धि हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। यो वृद्धिदरको प्रक्षेपण स्थिर बजार मूल्यमा आधारित छ।...