बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् र उनीहरूलाई कोरोनाबाट बचाउनु अबको महत्त्वपूर्ण कार्य भएको चिकित्सकको सुझाव छ । बालबालिकालाई कोरोनाबाट जोगाउन अभिभावकको भूमिका महत्वपूर्ण हुने विज्ञको सुझाव छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ वर्षभन्दा मुनिका ४१ जना बालबालिकाको मृत्यु कोरोनाकै कारण भइसकेको छ । यसैगरी १० देखि १९ वर्ष उमेर समूहका ४८ जनाको कोरोनाबाट मृत्यु भएको छ । २० देखि २९ वर्ष उमेर समूहका २७६ जनाको मृत्यु कोरोनाबाट भएको छ ।प्राप्त तथ्याङ्कले किशोर तथा युवासँगै