पठाओ कवच अभियानः सुरक्षित यात्राको भरपर्दो सहयात्री

राइड सेयरिङ प्लाटफर्म पठाओले ‘पठाओ कवच’ अभियान सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत पठाओ एप मार्फत सेवामा विभिन्न ५ वटा सुविधाहरू सेवाग्राही र राइडर, क्याप्टेन र फुडम्यानले पाउने व्यवस्था गरिएको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमााले जानकारी दिइन् ।  ‘पठाओ कवच’ अन्तर्गत हरेक यात्रा बीमाद्वारा सुरक्षित हुने, प्रशिक्षित र प्रमाणित राइडरहरू रहेको, २४ सै घण्टा...

सम्बन्धित सामग्री

पठाओ दसैं महोत्सव घोषणा, राइडरदेखि ग्राहकसम्मलाई छुटैछुट

पठाओ नेपालले आउँदै गरेको बडादसैंको अवसरमा असोज ८ गते (सोमबार) देखि 'पठाओ दसैं महोत्सव' अफर सुरू गरेको छ । असोज ८ गते सुरू भएको महोत्सव असोज २८ गतेसम्म हुने कम्पनीका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए । यस महोत्सवमा कम्पनीले राइडरहरूका लागि ' कम कमिसन धेरै कमाई, यो दसैं रमाई-रमाई' भन्ने मूल नाराका साथ दैनिक १ प्रतिशत कमिसन अफर राखेको प्रवक्ता थापाले जानकारी दिए...

पठाओले गर्‍यो राइडर, क्याप्टेन र पठाओ हिरोहरूलाई सम्मान

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालको अग्रणी राइड सेयरिङ कम्पनी पठाओ नेपालले  विभिन्न विधामा पठाओ राइडर, क्याप्टेन, पठाओ हिरो (फुड डेलिभरी पर्सन) र टुकटुक चालकहरूलाई सम्मान गरेको छ । कम्पनीले काठमाडौँ र चितवनमा “पठाओ वार्षिक सम्मान कार्यक्रम” आयोजना गरि वि. सं. २०७९ भरिमा उत्कृष्ट सेवा प्रदान गर्नेहरुलाई ३५ विभिन्न विधामा सम्मान गरेको हो । यस्तै पठाओ फुडमा...

साना रेष्टुरेन्ट तथा खाजा घरका परिकार समेट्दै ‘पठाओ लोकल’

साना रेष्टुरेन्ट तथा खाजा घरहरुलाई डिजिटल प्लेटफर्ममा जोडेर उनीहरुको व्यवसाय वृद्धि गर्ने पहल स्वरुप पठाओ नेपालले ‘पठाओ लोकल’ सेवा सुरु गरेको छ ।  शून्य दर्ता महसुल राखेको पठाओ लोकलमा साना व्यवसायीहरुले आफ्नो व्यवसाय आधिकारीक दर्ता गरेको हुनुपर्ने पठाओको प्रवक्ता सुरक्षा हमालले बताइन् । हाल खाजा डेलिभरी सेवामा २० भन्दा बढी साना व्यवसायी जोडिएको पठाओ लोकलमा २५०...

साना रेष्टुराँ तथा खाजा घरका परिकार समेट्दै ‘पठाओ लोकल’

साना रेष्टुराँ तथा खाजा घरहरुलाई डिजिटल प्लेटफर्ममा जोडेर उनीहरुको व्यवसाय वृद्धि गर्ने पहल स्वरुप पठाओ नेपालले ‘पठाओ लोकल’ सेवा सुरु गरेको छ ।  शून्य दर्ता महसुल राखेको पठाओ लोकलमा साना व्यवसायीहरुले आफ्नो व्यवसाय आधिकारीक दर्ता गरेको हुनुपर्ने पठाओको प्रवक्ता सुरक्षा हमालले बताइन् ।हाल खाजा डेलिभरी सेवामा २० भन्दा बढी साना व्यवसायी जोडिएको पठाओ लोकलमा २५० भन्दा बढी व्यवसायीहरुलाई जोड्ने लक्ष्य राखेको पठाओले जनाएको छ । यस कार्यक्रममा जोडिने व्यवसायीको कमिसनमा समेत छुट दिएको हमा

अपहरणमा परेका राइडर अफलाइन थिए : पठाओ

पठाओ नेपालले अपहरणमा परेका राइडर राइडमा हुँदा अपहरणमा नपरेको बताएको छ । पठाओले एक विज्ञप्ति जारी गर्दै अपहरणमा परेका राइडर अनलाइन राइडमा नभएको बताएको हो ।विज्ञप्तिमार्फत कम्पनीले भनेको छ, ‘पठाओ अनलाइन सेयर राइडिङ प्लेटफर्म हो । यो सेवा लिन र दिन अनलाइनमार्फत बुकिङ गर्न आवश्यक छ । सेवा प्रदान गर्दा यात्रा गरिरहेको सवारीको विवरण, सेवाग्राही र राइडरको व्यक्तिगत जानकारी तथा यात्रा गरिरहेको स्थानको विवरण उपलब्ध हुन्छ ।’तर, शनिबार अपहरणमा परेका राइडर अनलाइन राइडमा नरहेको पाइएको कम्पनीले बत

पठाओ राइडरलाई लुट्ने दुई युवक समातिए

काठमाडौँ- पठाओ राइडर अपहरणमा संलग्न दुई जनालाई प्रहरीले प्रकाउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली मियाखर वडा नं. २ घर भई हाल काठमाडौंको नयाँ बसपार्कमा बस्दै आएका २१ वर्षीय सुमन तामाङ र खोटाङ हलेसी नगरपालिका-३ घर भई हाल ललितपुर धापासी बस्दै आएका २६ वर्षीय मिनराज राई रहेका छन् । काठमाडौँको कोटेश्वरबाट गएराति पठाओ राइडर २५ […]

ग्राहकबाटै मोटरसाइकलसहित लुटिए पठाओ राइडर

ललितपुरको धापाखेलमा एक पठाओ राइडर लुटिएका छन् । शुक्रवार राति काठमाडौंको कोटेश्वरबाट धापाखेल पुर्‍याएर पठाओ राइडरलाई लुटिएको हो । उदयपुर गाईघाट घर भई हाल काठमाडौंमा बस्दै आएका पठाओ राइडर प्रविन राईलाई सुमन तामाङ र मनराज राईले हात बाँधेर लुटपाट गरेको महानगरीय प्रहरी वृत्त सातदोबोटोका प्रमुख डीएसपी दिनेश घिमिरेले जानकारी दिए ।  उनका अनुसार पठाओ राइडर प्रविन राईलाई सुमनले काठमाडौंको कोटेश्वरबाट ललितपुरको धापाखेल पुर्‍याइदिन आग्रह गरेका थिए । तामाङले सामान्य रुपमा पठाओको विधि पूरा गरी लोक...

पठाओ ट्याक्सीको वार्षिकोत्सव अवसरमा आज सित्तैमा ट्याक्सी बुक गर्न सकिने

पठाओ कार लाइट (ट्याक्सी)को दोश्रो वार्षिकोत्सवको अवसरमा सोमबार पठाओ नेपालले सित्तैमा ट्याक्सी बुकिङ गर्न मिल्ने अफर ल्याएको छ।

पठाओ राइडरले कम्पनीको ज्याकेट र ट्राउजर लगाउन नपाउने

१० चैत, काठमाडौं । ट्राफिक प्रहरीले पठाओ राइडरलाई ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन बन्देज लगाइएको छ । विकृति रोक्न राइड सेयरिङ कम्पनी पठाओसँगको सहमतिमै पठाओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । राइडरहरुले धेरै अफलाइन ट्रिप गर्ने गरेको र ज्याकेटकै कारण असुरक्षाका घटनाहरु धेरै भएपछि बुधबारबाट लागु […]