ग्राहकबाटै मोटरसाइकलसहित लुटिए पठाओ राइडर

ललितपुरको धापाखेलमा एक पठाओ राइडर लुटिएका छन् । शुक्रवार राति काठमाडौंको कोटेश्वरबाट धापाखेल पुर्‍याएर पठाओ राइडरलाई लुटिएको हो । उदयपुर गाईघाट घर भई हाल काठमाडौंमा बस्दै आएका पठाओ राइडर प्रविन राईलाई सुमन तामाङ र मनराज राईले हात बाँधेर लुटपाट गरेको महानगरीय प्रहरी वृत्त सातदोबोटोका प्रमुख डीएसपी दिनेश घिमिरेले जानकारी दिए ।  उनका अनुसार पठाओ राइडर प्रविन राईलाई सुमनले काठमाडौंको कोटेश्वरबाट ललितपुरको धापाखेल पुर्‍याइदिन आग्रह गरेका थिए । तामाङले सामान्य रुपमा पठाओको विधि पूरा गरी लोक...

सम्बन्धित सामग्री

पठाओ लुटपाट : लुटेराको कोडवर्ड– खाना तयार गर्नु !

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट यात्रु बोकेर ललितपुरको धापाखेल पुगेका पठाओ राइडर २४ वर्षीय प्रविन राई माघ ८ मा मध्यरातमा लुटिए । आफैले लिएर गएका यात्रु र धापाखेलस्थित आँखादहमा लुकेर बसेका अर्का एकजना अपरिचित मिलेर उनको हातखुट्टा बाँधे, मुखमा टेप लगाएर भिरालो ठाउँबाट खसालिदिए । त्यसपछि उनको मोटरसाइकल, सामसुङ कम्पनीको मोबाइल र ८ हजार नगद लिएर उनीहरु भागे ।उदयपुरको त्रियुगा नगरपालिका घर भएका प्रविन डेढ महिनाअघि काठमाडौं आएका थिए । काठमाडौं आउँदा उनको साथमा थियो प्रदेश–२–०१–००१ प