हिमालयन बैंकको २९औं वार्षिक साधारण सभाको बुक क्लोजको मिति परिवर्तन

पुस १२, काठमाडौं । हिमालयन बैंक लिमिटेडको पुस ३० गते हुन लागेको २९औं वार्षिक साधारण सभाको बुक क्लोजको मिति परिवर्तन भएको छ । कम्पनीले पुस ११ गते प्रकाशन गरेको साधारण सभाको सूचनामा बुक क्लोजको मिति पुस ११ गतेदेखि पुस ३० गतेसम्म रहेको थियो । बैंकले पुस १२ गते पुनः एक सूचना प्रकाशित गरी उक्त मिति सच्याएर पुस १९ गते (एक दिन) बुक क्लोजको मिति तय गरेको हो । कम्पनीले केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी दिएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्तापूँजीबाट शेयरधनीहरुलाई २१ दशमलव ३८ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि ४ दशमलव ६२ प्रतिशत नगद लाभांश गरी २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, स्वाप रेशियो १:१ को अनुपातमा नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्जर गर्न स्विीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । सभाको अन्य प्रस्तावमा मर्जर पश्चात हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक नामाकरण गरी एकीकृत कारोबार गर्ने कार्यलाई स्वीकृत प्रदान गर्ने, मर्जर कार्य गर्नका लागि नियमनकारी निकायबाट स्वीकृति लिने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने रहेको छ । 

सम्बन्धित सामग्री

तेह्रथुम पावरको साधारण सभाको मिति परिवर्तन

काठमाडौं । तेह्रथुम पावर कम्पनीले लिमिटेडले छैठौं वार्षिक साधारण सभाको मिति परिवर्तन भएको छ । यसअघि पुस २१ गते वार्षिक साधारण सभा गर्ने मिति तय गरेको कम्पनीले उक्त मिति परिवर्तन गरी माघ १३ गते गर्ने निर्णय गरेको हो । पुस १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मिति परिवर्तन गर्ने निर्णय गरेको हो । परिवर्तित मितिमा वैभव पार्टी भेन्यू, मैतिदेवी, काठमाडौंमा बिहान १२ः३० बजे सभा शुरु हुनेछ । सभाले गत आर्थिक वर्ष ०७९/८० सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पनि सभाका लागि तय भएको छ । सधारण सभा प्रयोजनका लागि कम्पनीले मङ्सिर २८ गतेदखि पुस २१ गतेसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मङ्सिर २७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

विन नेपाल लघुवित्तको साधारण सभाको मिति परिवर्तन

जेठ १०, काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभाको मिति परिवर्तन गरेको छ ।  यस अघि जेठ २० गतेका लागि तय गरेको वार्षिक साधारण सभाको मिति कम्पनीले जेठ ३१ गते कायम गरेको हो । कम्पनीको जेठ ९ गतेको सञ्चालक समितिको बैठकले इन्द्रावती सामुदायिक सेवा केन्द्र सिन्धुपाल्चोकमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।  यस अघि जेठ ३ गते सूचना जारी गर्दै कम्पनीले जेठ २० गते वार्षिक साधारण सभा गर्ने र त्यसका लागि जेठ ३ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने मिति तय गरेको थियो ।  नेप्सेले सोही दिन साधारण सभा सम्बन्धी सूचना ढिलो उपलब्ध गराएको भन्दै कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । नेप्सेलाई साधारण सभा र बुक क्लोजको मिति पुनः तोक्ने जानकारी सहितको पत्र पठाएकाले जेठ ६ गतेदेखि कम्पनीको शेयर कारोबार सुचारु भएको थियो । सोही प्रतिवद्धता बमोजिम कम्पनीले पुनः सूचना जारी गर्दै साधारण सभाको मिति र बुक क्लोजको मिति परिवर्तन गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत वितरण योग्य बनाउनेछ । कम्पनीले यस वर्ष ९ दशमलव ८३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।  पहिलो कुल ११ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेको कम्पनीले लाभांश संशोधन गरेको हो । यस अघि कम्पनीले रू. ६ करोड १५ लाखको आधारमा ११ प्रतिशत बानस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । कम्पनीको चैत १३ गतेको सञ्चालक समितिले गरेको उक्त निर्णय कम्पनीको वैशाख २९ गतेको सञ्चालक समितिको बैठकले संशोधन गरेको हो ।  संशोधित लाभांश अनुसार कम्पनीले साविकको विन लघुवित्त वित्तीय संस्था र नेपाल सेवा लघुवित्त वित्तीय संस्था मर्जपश्चात् कायम चुक्तापूँजी रू. ७ करोड २४ लाख ४१ हजारको आधारमा ९ दशमलव ३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  उल्लेखित प्रस्तावहरु सहित सभाले संस्थापक तर्फबाट चार जना र सर्वसाधारण तर्फबाट दुई गरी ६ सञ्चालकहरूको निर्वाचन समेत गर्नेछ । हाल संस्थाको रजिष्टर्ड कार्यालय सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नम्बर १३ रहेकोमा सो स्थान परिवर्तन गरी काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नम्बर १३ कायम गर्ने निर्णय पनि सभाले गर्नेछ ।  अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जान उपयुक्त देखिएमा सोको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ १७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।