गुल्मी – वैशाख ३० गते हुने पालिका चुनावलाई लक्षित गरी गुल्मीको धुर्कोट गाउँपालिकामा गरिएको नमुना मतदानमा १३ प्रतिशत मत बदर भएको छ । आज बिहीवार धुर्कोटको हिमालय माध्यमिक विद्यालयमा भएको नमुना मतदानमा सहभागी ९० जना मतदातामध्ये १२ जनाको मत बदर भएको हो ।
मतदाता शिक्षालाई प्रभावकारी बनाउन र बदर मत कसरी कम गर्न सकिन्छ भन्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय गुल्मीले धुर्काेटमा नमुना मतदान गरेको हो । बदर मतपत्रमध्ये धेरैजसोमा मतदाताले स्वस्तिक छाप लगाउने ठाउँमा ल्याप्चे लगाएको पाइएको जिल्ला निर्वाचन अधिकारी माय...