काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले केही गरेन भनेर भ्रम छर्ने काम भइरहेको बताउनुभएको छ । देशवासीको नाममा सम्बोधन गर्दै उहाँले आफू नेतृत्वको सरकारले उल्लेख्य काम गरेको तर केही शक्तिले केही कामै भएन भनेर भ्रम छर्ने काम भइरहेको बताउनुभएको हो । उहाँले विभिन्न क्षेत्रमा ठूलो प्रगति हासिल गर्न वर्तमान सरकार सफल भएको बताउनुभयो ।
हरेक दिन साढे ५ किलोमिटर सडक बनिरहेको भन्दै उहाँले पुष्पलाल राजमार्ग, मदनभण्डारी राजमार्गलगायत राजमार्ग निर्माणको काम तीब्र गतिमा भइरहेको बताउनुभयो । हुलाकी राजमार्गको काम अ...