नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बाणिज्य बैंक विकास र वित्त कम्पनीका लागि जारी भएको एकिकृत निर्देशन २०७७ लाई संसोधन तथा परिमार्जन गर्दै कर्जा नोक्सानी ब्यवस्था, खर्च लेखाङ्कन सम्वन्धि व्यवस्थामा परिवर्तन गरेको छ ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाले भदौ १५ गतेसम्म प्राप्त गर्ने ब्याज आम्दानीलाई अघिल्लो आर्थिक वर्षको आम्दानीको रुपमा लेखाङ्कन गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कर्मचारीको दक्षता अभिवृद्धिका लागि अघिल्लो आर्थिक वर्षको कुल तलवभत्ताको ३ प्रतिशत रकम वृतिविकासमा खर्च गर्नुपर्ने प्...