दैलेख – चार छोराछोरीसहित आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले एक वर्षअघि आत्महत्या गरेको घटनामा दैलेख जिल्ला अदालतले सुकीका श्रीमान् ३८ वर्षीय मानसिंह बडुवाललाई डेढ वर्ष कैद र १५ हजार रुपैयाँ जरिबाना गरेको छ ।
मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १८५ को उपदफा (२) बमोजिम जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट मानसिंह बडुवाललाई आज साेमवार सजाय सुनाइएकाे दैलेख जिल्ला अदालतका सूचना अधिकारी टिकाराम न्यौपानले जानकारी दिनुभयो ।
गएकाे फागुन २३ गते सुकी बडुवालले जेठी छोरी १५ वर्...