काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि आज भारत जाने भएका छन् । उनको यो भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन भनिएको छ । सभापति लामिछाने शुक्रबार (कात्तिक ६ ) गतेदेखि तीन दिनका लागि भारत प्रस्थान गर्ने सभापतिको निजी सचिवालयले जनाएको छ । भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र […]
काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णालीका हिमाली तथा कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तराईमा भने मौसम मुख्यतया सफा रहनेछ। बिहान तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने महाशाखाले जनाएको छ।
क्लिनिकल ग्यास्ट्रोएन्टेरोलोजी एन्ड हेपाटोलोजी जर्नलमा प्रकाशित अध्ययनअनुसार, नियमित रूपमा बेलुकाको खाना खाइसकेपछि वा सुत्ने समयपछि खाना खाने मानिसमा ढिलो खाना नखाने मानिसको तुलनामा कलेजोको रोगको जोखिम २० देखि ३० प्रतिशतसम्म बढी देखिएको छ।