काठमाडौं : संयुक्त राष्ट्र संघले इजरायलले गाजासहित वेस्ट बैंक क्षेत्रमा पनि गम्भीर मानव अधिकार उल्लंघन गरेको आरोप लगाएको छ। वेस्ट बैंकमा इजरायलले गिरफ्तारी, हत्या तथा मानव अधिकार उल्लंघनको शिलशिला चलाएको राष्ट्र संघको आरोप छ। साथै राष्ट्र संघले इजरायललाई गैरकानूनी हत्या रोक्न आग्रहसमेत गरेको छ। संयुक्त राष्ट्रसंघीय मानव अधिकार मामिलाका प्रमुख वोल्कर टर्कले इजरायलले सैन्य शक्तिको अनियन्त्रित प्रयोग गरेको बताए। यसैबीच इजरायलले मध्य गाजामा स्थलगत आक्रमणलाई तीव्रता दिएको छ। यसअघ