मोरङ – गएको एक वर्षमा प्रदेश १ भित्र मानव अधिकार उल्लंघन तथा ज्यादतीबाट ९१९ जना पीडित भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ ले शनिबार विराटनगरमा सार्वजनिक गरेको ३० औं संस्करणको मानव अधिकार वर्ष पुस्तकमा उक्त घटना उल्लेख गरिएको हो। पुस्तकअनुसार अन्य पक्षबाट ८८९ र राज्य पक्षबाट ३० जना पीडित भएको उल्लेख छ। […]