रसुवा - चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक पहिरोले बन्द भएको छ । रसुवाको धुन्चेदेखि रसुवागढीसम्म चार ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
धुन्चे-स्याफ्रु सडक खण्ड अन्तर्गत त्रिशूली खोलामा र चिलिमे जलविद्युत् आयोजना नजिक पहिरो खसेको छ । त्यस्तै ठूलो भार्खुमा पहिरोले ग्याविनवाल नै बगेको छ । स्याफ्रु-रसुवागढी सडक खण्डमा लिङलिङमा झरेको पहिरो पन्छाउने काम अझै सकिएको छैन ।
हिजो ब्लास्टिङ गरेर ठूलो ढुङ्गा फुटाइएको भए पनि हटाउने काम आज मात्र गरिने जिल्ला प्रहरी कार्यालय रसुवाका प्रह...