एन प्याब्सनमा अध्यक्षको कार्यकाल विवादमा

काठमाडौं : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन)मा अध्यक्षको कार्यकालमा विवाद देखिएको छ।सो सङ्गठनको २०७८ फागुन २४ गते नेपालगञ्जमा सम्पन्न सातौँ महाधिवेशनमा पहिलो १८ महिनाका लागि पाण्डव हमाल र दोस्रो १८ महिनाका लागि सह अध्यक्ष सुवास न्यौपाने अध्यक्ष हुनेगरी सहमति भएको थियो। हमालको कार्यकाल गत भदौ २४ गते सकिएको र अबको अध्यक्ष आफू भएको न्यौयानेको दाबी छ। तर सहज रुपमा पद हस्तान्तरण नगरेको भन्दै न्यौपानेले यही असोज १३ गते कार्यक्रम आयोजना गरी पदस्थापनको तयारी गरेका

सम्बन्धित सामग्री

प्राधिकरण अध्यक्षको नियुक्तिको सूचनामा योग्यता विवाद

१७ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रतिस्पर्धा खुम्च्याउने गरी नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिको सूचना प्रकाशित गरेको खुलेको छ । मन्त्रालयले दूरसञ्चार नियमावली विपरीत योग्यता तय गर्दै स्वघोषणा फारम तयार गरेर नियुक्तिको सूचना निकालेको हो । टेरामक्स र एमडीएमएस प्रणाली खरिद विवादमा परेपछि २४ पुसमा तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका थिए […]

व्यवस्थापन समिति भंग गर्ने निर्णय विवादमा : तत्काल निर्णय फिर्ता गर्नुपर्ने अडान

काठमाडौं : काठमाडौं महागरपालिकाको आफू मातहतका सम्पूर्ण सामुदायिक विद्यालय व्यवस्थापन समिति (विव्यस) भंग गर्ने निर्णय विवादमा आएको छ।गत असार ३० गते सम्पन्न महानगरपालिकाको नगरसभाले उक्त प्रस्ताव पारित गरेको थियो।नगरसभाले हालको समिति भंग गरेर सम्बन्धित वडाका अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पारित गरेको छ। तर, नगरसभाले पारित गरेको उक्त प्रस्तावप्रति सामुदायिक विद्यालयका व्यवस्थापन समिति तथा प्रधानाध्यापकले असन्तुष्टि जनाएका छन्। ‘यो निर्णय फिर्ता ग

गाउँपालिका अध्यक्षको अमेरिकी नागरिकता !

काठमाडौं, जेठ २५ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा दोहोरो नागरिकता विवादमा मुछिएका छन् । उनमाथि अनागरिकको आरोपसहित उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगाले दायर रिटमाथि उत्प्रेषण मिश्रित परमादेश जारी गर्दै अध्यागमन विभाग, प्रहरी, प्रशासन कार्यलयसँग १५ दिनभित्र कगजात झिकाउन बुधबार आदेश जारी गरेको हो । अमेरिकाको नागरिकता कायम रहेकै अवस्थामा नेपाली नागरिक हुन […]

धितो पत्र बोर्डको अध्यक्षका लागि १५ जनाको आवेदन

काठमाडौँ । नेपाल धितो पत्र बोर्डको अध्यक्षका लागि १५ जनाको आवेदन परेको छ । अध्यक्षका लागि पहिलो पटक प्रकाशित सूचना विवादमा आएपछि दोस्रो पटक अध्यक्षको लागि आवेदन मागिएको थियो । आवेदन दिने अन्तिम दिन आज बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरूमा डा. गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, […]

ढुंगानालाई निलम्बन गरी छानबिन गर्न कर्मचारीको माग

सर्वोत्तम सिमेन्टको सेयर खरिद विवादमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरी छानबिन गर्न कर्मचारीहरूले माग गरेका छन् ।बोर्डको कर्मचारी युनियनले आइतबार विज्ञप्ति जारी गर्दै अध्यक्षको इमान्दारिता, कानुनी प्रावधान, आचार संहिताअनुसार गम्भीर नैतिक पतन देखिएको हुँदा छानबिन गरी दोषी देखिएकालाई हदैसम्मको कारबाही गर्न माग गरेको हो ।अध्यक्ष ढुंगानाले बुक बिल्डिङमार्फत साधारण सेयर निश्कासन […]

जसपा पार्टी विवादमा आज अन्तिम सुनुवाइ

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकतासम्बन्धी विवादबारे टुङ्गो लगाउन निर्वाचन आयोगको इजलासले आज अन्तिम बहस गर्दै छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले पनि दाबी पेस गरेका थिए । आयोगले दुवै अध्यक्षको विवाद मिलाउन इजलास गठन गरी साउन ३ गतेदेखि बहस गरिरहेको छ । […]

‘आयोगले ओलीलाई अध्यक्षको मान्यता दिन खोजेको देखियो’

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगले पार्टी विवादमा केपी शर्मा ओलीलाई नै अध्यक्षको मान्यता दिन खोजेको दावी गरेको छ । गत माघ १२ गते आयोगले पठाएको पत्रको जवाफसहितको आधिकारिकताको दावी गर्दै मंगलबार आयोगलाई बुझाएको पत्रमा ओलीलाई हटाएर माधव कुमार नेपाललाई अध्यक्ष निर्वाचित गर्ने पार्टीको निर्णयलाई मान्य...

अध्यक्षको राजीनामा माग्नु एकता विरोधी गुटगत मानसिकता हो : शंकर पोखरेल

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अध्यक्षको राजीनामा माग्नु उचित नभएको बताएका छन्। पार्टीभित्रको जारी विवादमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह बहुमतका साथ अघि बढ्ने अडानमा रहँदा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली निकट पोखरेलले फेसबुकमार्फत असन्तुष्टि