काठमाडौं : काठमाडौं महागरपालिकाको आफू मातहतका सम्पूर्ण सामुदायिक विद्यालय व्यवस्थापन समिति (विव्यस) भंग गर्ने निर्णय विवादमा आएको छ।गत असार ३० गते सम्पन्न महानगरपालिकाको नगरसभाले उक्त प्रस्ताव पारित गरेको थियो।नगरसभाले हालको समिति भंग गरेर सम्बन्धित वडाका अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पारित गरेको छ। तर, नगरसभाले पारित गरेको उक्त प्रस्तावप्रति सामुदायिक विद्यालयका व्यवस्थापन समिति तथा प्रधानाध्यापकले असन्तुष्टि जनाएका छन्। ‘यो निर्णय फिर्ता ग