सहकारीको नौलो काम : जडिबुटी खेती, चिकित्सालय र प्रशोधन उद्योग
२० फागुन, बुटवल । सहकारी भन्नेवित्तिकै वचत संकलन र ऋण लगानी गरेर नाफा कमाउने संस्थाको झल्को धेरैको मानसपटलमा आउने गर्छ । तर, रुपन्देहीमा भने एउटा फरक खालको सहकारी छ, जसले व्यापारयोग्य जडिबुटी खेतीलाई आधार मानेर …
दाङ : सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध विपन्न समुदायको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले डिभिजन वन कार्यालय दाङले सामुदायिक वनको खाली जग्गामा कुरिलो खेती शुरु गरेको छ।समूह सहकारीमार्फत जडिबुटी खेती विस्तार कार्यक्रम कार्यान्वयनका सिलसिलामा सामुदायिक वन समूहमा आवद्ध घरधुरी र कृषि सहकारीमा आवद्ध घरधुरीलाई केन्द्रित गरी बजार माग अत्याधिक रहेको तरकारी खाने कुरिलोको व्यावसायिक खेती शुरु गरिएको हाे।घोराही उपमहानगरपालिका अखबरेमा रहेको बसन्त हरियाली सामुदायिक वनमा खाली रहेको करिब २ हेक्टर क्षेत्रफ
सरकारले आगामी आर्थिक वर्ष जडिबुटी खेती र प्रशोधन उद्योग स्थापनामा जोड दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष नेपालमा जडिबुटी खेतीलाई प्राथमिकतामा राख्ने जानकारी दिए ।उनले प्रदेश स्तरमा जडिबुटी प्रशोधन उद्योग स्थापना गरिने बताए । सरकारको अनुमतिमा सबै किसिमका जडिबुटी खेती गर्न र निर्यात गर्न प्रोत्साहन गरिने छ । सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालन गरिने छ । सरकार र निजी क्षेत्रको सहकार्यमा जडिबुटी खेती गर्ने योजना अघि बढाइने छ ।
जडिबुटी बिस्तार गर्दै निर्यात प्रवद्र्धनमा जोड दिने सरकारले नीति लिएको छ । जडिबुटीबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न र दिगो विकासले तोकेको लक्ष्य पूरा गर्न जडिबुटीको खेती बिस्तार गरेर स्वदेशी जडिबुटी निर्यात गर्ने लक्ष्य लिइएको हो ।मंगलबार वनस्पति विभागको ६२ औं वार्षिकोत्सव तथा २३ औं वनस्पति दिवसको असरमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले […]
वनमा आधारित उद्योगीहरुको लगानीमा वन उद्यम पूर्वाधार बैंक लिमिटेड स्थापना भएको छ । जडिबुटी खेती, वन्यजन्तु पशुपंक्षी पालन र पर्यापर्यटनको विकासबाट आर्थिक उर्पाजनमा लाग्नेगरी उद्यागीहरुले बैंक स्थापना गरेका हुन् ।
गुर्जा हिमालको काखँमा रहेको गुर्जा गाउँमा स्थानीयबासीले जडिबुटी खेती विस्तार गरेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा रहेको बाँझो जमिनमा स्थानीयले व्यावसायिक खेती गरेका हुन् । हिमाली कृषि सहकारी संस्थामा आबद्ध कृषकहरूले सामूहिक रुपमा अतिसका बिरुवा श्रमदानबाट रोपेका हुन् ।समूहले बाँझिएको जग्गालाई खनजोत गरी अतिस र बिसजराको साथै सतुवाका बिरुवा रोपेको छ । बजारमा उच्च […]
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा नयाँ कार्यक्रम समावेश नगर्न मन्त्रालयहरूलाई पत्राचार गरे पनि वन तथा वातावरण मन्त्रालयले सातै प्रदेशमा प्रधानमन्त्री जडिब्ुटी स्वरोजगार कार्यक्रम सञ्चालन गर्न बजेट माग गरेको छ ।आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि सातै प्रदेशमा प्रधानमन्त्री जडिब्ुटी स्वरोजगार कार्यक्रमलाई मुख्य प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको वन मन्त्रालयले जडिबुटी खेती प्रवद्र्धनमा […]
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जडिबुटी खेती विस्तारको कार्यक्रम प्रभावकारी बनाउन कृषकलाई सहुलियत कर्जाको आवश्यक पर्ने बताएका छन् । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले जडिबुटी खेती विस्तारका लागि निजी क्षेत्रलाई सहुलियत कर्जाको व्यवस्था गर्न आवश्यक रहेको बताएका हुन् ।
दुई महिना यता नेपालबाट भारततर्फ हुने जडिबुटीको निकासी पूर्णरूपमा बन्द भएको छ । निकासी बन्द हुँदा करिब १० अर्बभन्दा बढीको जडिबुटी व्यवसायीका गोदाममा थन्किएको नेपाल जडिबुटी व्यवसायी संघले पत्रकार सम्मेलन गरेर जनाएको छ ।
१० हजार मेट्रिक टन बढी जडिबुटी गोदाममा थन्किएको संघका अध्यक्ष मोहम्मद याकुब अन्सारीले बताए । भारतीय क्वारेन्टाइनले ५४ प्रकारका विभिन्न जडिबुटीको भारत निकासीमा प्रतिबन्ध लगाउँदा निकासी बन्द भएपछि जडिबुटी खेती, संकलन र व्यापारमा लागेका २५ लाख नेपाली प्रभावित भएको अन्सारीको भनाइ छ ।
पश्चिम नेपालका कर्णाली प्रदेशलगायत प्रदेश नम्बर ५ र ७ का पहाडी तथा हिमाली जिल्लामा जडिबुटीको खेती घट्दै गएको छ । योसँगै जडिबुटी संकलन र भारततर्फ हुने निकासीसमेत बर्सेनि घट्दै गएको छ ।