भैरहवा भन्सार कार्यालय परिसरको पार्किङ, गोदाम, सरसफाइ, सञ्चारलगायतको व्यवस्थापन पक्षको जिम्मेवारी अब अन्नपूर्ण टर्मिनल्स प्रालिले सम्हालेको छ । यसअघि १२ वर्षदेखि यसको जिम्मेवारी ट्रान्स नेपाल फ्रेड सर्भिस प्रालिले गर्दै आएको थियो । भैरहवा भन्सार कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा व्यवस्थापनको जिम्मेवारी अन्नपूर्ण टर्मिनल्स प्रालिलाई हस्तान्तरण गरिएको हो ।