काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सार्वजनिक सम्पत्तिमाथि हानी नोक्सानी गरी क्षति पुर्याएमा सम्बन्धित पक्षबाटै क्षतिपूर्ति भराउने निर्णय गरेको छ। काठमाडौँ महानगरले सूचना जारी गर्दै यसबारेमा जानकारी गराएको हो। ‘कसैले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्तिमा हानी नोक्सानी गरेमा, क्षति पुर्याएमा वा नष्ट गरेमा सम्बद्ध पक्षलाई कानुनबमोजिम कारबाही एवं हानी नोक्सानीबापतको क्षतिपूर्तिसमेत कानुनबमोजिम भराइने व्यहोरासमेत यसै सूचनामार्फत सूचित […]