यातायात व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेर सार्वजनिक सवारी साधन सञ्चालन गरे पनि काठमाडौँ उपत्यकामा न्यून सङ्ख्यामा मात्रै सवारी साधन सञ्चालन भएका छन् । यस्ता सवारी साधनमा यात्रु भने कमै मात्रमा चढ्ने गरेका छन् ।
सुविधायुक्त स्थल काठमाडौँ उपत्यकाका यात्रु नै सार्वजनिक सवारी साधनमा जोाखिमपूर्ण यात्रा गर्न बाध्य छन् । चालक र सहचालकको लापरबाहीका कारण यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपरेकाले चालु आर्थिक वर्षको सुरुवातदेखि नै कारबाही अभियानलाई तीव्रता बनाइएको थियो । चालु आर्थिक वर्षको अहिलेसम्म यसरी यात्रा …
यातायात व्यवसायीहरूले सुर्खेतमा अनिश्चितकालका लागि सार्वजनिक सवारी बन्द गरेका छन् । भाडाका निजी सवारीहरूले मनलाग्दी यात्रु बोकेको, स्थानीय प्रशासन र प्रहरीले त्यसको नियन्त्रणमा कुनै चासो नदेखाएको भन्दै व्यवसायीहरूले स्वतस्फूर्त सार्वजनिक यातायात बन्द गरेका हुन ।बिहानैदेखि व्यवसायीहरूले बसपार्कबाट कुनै पनि सार्वजनिक सवारी छुटाएका छैनन् । बसपार्कमा वीरेन्द्रनगरबाट बाहिरिने यात्रुहरूको भने बिचल्ली भएको छ । मुख्य गरी निजी (रातो नम्बर प्लेट) का सवारीहरूले खुलेआम यात्रुहरू ओसार्ने कार्य गरेकाले व्यवसा
काठमाडौं, २७ पौष । काठमाडौं उपत्यकाका कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालयहरुले विभिन्न क्षेत्रमा कडाई गरेको छ । आज विज्ञप्तिमार्फत् सार्वजनिक सवारी साधनहरुमा स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्न आदेश जारी गरेको हो । सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, स्यानिटाइजरको व्यवस्था यातायातमै हुनुपर्ने उल्लेख गरिएको छ ।
काठमाडौँ। ललितपुरमा सार्वजनिक सवारी साधनले स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने भएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै आज (मंगलबार) राति १२ बजेदेखि सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने निर्णय गरेको हो । प्रशासनले जारी गरेको निर्देशन अनुसार सार्वजनिक सवारीमा यात्रा गर्ने सबै यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, सवारी […]
काठमाडौं, कात्तिक ११। उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनले सवारी भाडा तोकिएभन्दा बढी लिएर यात्रुलाई ठगेको गुनासो बढेपछि ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले अनुगमनलाई तीव्र पारेको छ । राजधानीमा चल्ने छोटो दूरीका सवारीसाधनले ५ किलोमिटर यात्रामा २ र १० किमि यात्रामा ३ रुपियाँ फिर्ता नदिएको गुनासो आएपछि महानगरीय ट्राफिक महाशाखा र यातायात व्यवस्था विभागले अनुगमनलाई तीव्र […]
काठमाडौं। काठमाडौंको रत्नपार्क क्षेत्रमा व्यवस्थित बसपार्क र बस बिसौनी नहुँदा सवारी चालक एवं यात्रुहरु समस्यामा पर्ने गरेका छन्। यात्रु चढाउने र ओराल्ने काम व्यवस्थित नहुँदा ट्राफिक प्रहरीको मनपरी कारवाही हुने गरेको सार्वजनिक सवारी चालकहरूको गुनासो छ।
हेटौंडा : मकवानपुरमा आइतबारबाट सार्वजनिक सवारी सञ्चालनमा आउने भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आइतबारबाट सार्वजनिक सवारी चल्न दिने निर्णय गरेको हो। बिहान ६ देखि बेलुका ६ बजेसम्म सवारी चल्न दिने, सिट क्षमताभन्दा धेरै यात्रु राख्न नदिने, सवारी साधनमा स्यानिटाइजर अनिवार्य गर्ने, सवारी साधनलाई दैनिक रुपमा निसंक्रमित गर्नुपर्ने, मास्न नलगाउनेलाई सवारीमा चढ्न नदिने र साना सवारीमा जोरबिजोर प्रणाली लागु गर्ने निर्णय बैठकले गरेको छ।यसअघि बसेको केन्द्रको ब