न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा फेरि निर्वाचित भएका छन् । १४ औँ महाधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचनबाट सभापतिका प्रत्यासी डा शेखर कोइरालालाई पछि पार्दै उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । नेतृत्व चयनका लागि मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा देउवाले २७२४ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी कोइरालाले १८१७ मत […]