पूर्वीय तथा वैदिक दर्शनले संसारमा चार रात्रिलाई बढी सम्बोधन गरेको छ । ती चार रात्रिमध्ये पहिलो ‘मोहरात्रि’ अर्थात् कृष्ण जन्माष्टमी, दोस्रोमा ‘कालरात्रि’ जो दसैँको समयमा पर्दछ । तेस्रोमा ‘सुखरात्रि’ अर्थात् लक्ष्मीपूजाको दिन । चौथोमा ‘शिवरात्रि’ जो अहिले हामी मनाइरहेका छौं । शिवरात्रि विशेषतः वसन्तु ऋतुको आगमनको संकेतका रुपमा पनि मानिन्छ ।शिवको अर्थ कल्याण, समृद्धि हो । संस्कृत भाषामा ‘शिव’ को अर्थ अरुको हित गर्ने, परोपकार गर्ने हो । सम