महाशिवरात्रि पर्वका लागि आवश्यक व्यवस्थापन अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भोली रहेको शिवरात्रि पर्वमा झन्डै १० लाख हाराहारी भक्तजन पशुपति क्षेत्रमा दर्शनका लागि आउने अनुमानका साथ आवश्यक तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले रातोपाटीलाई जानकारी दिए । दर्शनार्थीहरुका लागि लाइन बस्न डोरी तान्ने, स्वयंसेवक परिचालन गर्ने लगायतका काम भइरहेको छ भने आज बेलुकादेखि नै ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन हुँदैछन् । पशुपति क्षेत्रमा फूलहरू सजाउने