काठमाडौं : महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान सबेरैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। कोरोना महामारीले दुई वर्ष रोकिएको महाशिवरात्रि मेलामा यसपालि भीड निकै बढेको हो। कोरोनाको पीडा बिर्सिएर भक्तजनहरु शिवरात्रि माहोलमा रमाएका छन्।
महादेवको दर्शन गर्न र शिवरात्रि मेला भर्न देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीहरु पशुपतिनाथ आइपुगेका छन्।
भक्तजनको सुविधाका लागि…