हिमालयन र सिभिल बैंकबीच कुरा मिल्यो, बुधबार मर्जरको प्रारम्भिक सम्झौता

२८ असार, काठमाडौं । अन्ततः हिमालयन बैंक लिमिटेडमा सिभिल बैंक लिमिटेड गाभिने भएको छ । मर्जरका लागि गत शुक्रबार तय भएको प्रारम्भिक सम्झौता गर्ने कार्यक्रम भाँडिएपछि हिमालयन र सिभिल बैंक गाभिने सम्भावना कमजोर बनेको थियो । तर, लगातारको छलफलपछि सिभिल र हिमालयन बैंकले मर्जरमा सहति जुटाएका छन् । बुधबार दुई बैंकबीच मर्जरका लागि प्रारम्भिक सम्झौता […]

सम्बन्धित सामग्री

शुक्रवारदेखि एक हुँदै हिमालयन र सिभिल बैंक, सिभिल बैंकको शेयर कारोबार रोक्का

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंक लिमिटेडले प्राप्ति प्रक्रिया पूरा गरी फागुन १२ गते शुक्रवारदेखि एकीकृत कारोबार शुरू गर्दै छन् । दुवै बैंकले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभामार्फत प्राप्तिसम्बन्धी प्रस्तावलाई पारित गरेका थिए । दुई बैंक एक भई हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुँदै छ । हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८० दशमलव २८ को अनुपातमा शेयर आदानप्रदान गर्दै प्राप्ति गरेको हो । यस आधारमा सिभिल बैंकको १०० कित्ता शेयर हुने शेयरधनीहरूले प्राप्तिपश्चात् हिमालयन बैंकको ८० दशमलव २८ कित्ता शेयर प्राप्त गर्नेछन् ।  प्राप्तिपश्चात् बैंकको रजिष्टर्ड कार्यालय हाल हिमालयन बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान कमलादी, काठमाडौंमा रहनेछ । प्राप्ति प्रक्रिया पूरा गर्नुअघि नै दुवै बैंकले आफ्ना सदस्यहरूलाई गत वर्षको मुनाफाबाट वितरण गर्ने गरी लाभांश पारित गरिसकेका छन् । पुस २८ गते सम्पन्न वार्षिक साधारण सभामार्फत नै दुवै बैंकले लाभांश प्रस्ताव पारित गरिसकेका हुन् ।  यस वर्ष सिभिल बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ९ अर्ब ७ करोड ५८ लाख ४४ हजारको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । बैंकले बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतसमेत गराइसकेको छ । बोनसपछि बैंकको चुक्तापूँजी रू. ९ अर्ब ५२ करोड ९६ लाख ३६ हजार पुगेको छ । त्यस्तै हिमालयन बैंकले चुक्तापूँजी रू. १२ अर्ब ९६ करोड ८७ लाख २५ हजारको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११ दशमलव ११ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । बैंकले नगद लाभांश वितरण गरी बोनस शेयरसमेत धितोपत्र दोस्रो बजारमा सूचीकृत गराइसकेको छ । हिमालयन बैंकको ८ प्रतिशत बोनसपछि चुक्तापूँजी रू. १४ अर्ब ६२ लाख २३ हजार कायम भएको छ । शुक्रवारदेखि एकीकृत कारोबार शुरू गर्ने भएसँगै नेप्सेले प्राप्ति हुन लागेको सिभिल बैंकको शेयर कारोबार रोक्का गरेको छ । पछिल्लो समय मर्जर तथा प्राप्ति प्रक्रिया पूरा गरी एकीकृत कारोबार गरेको बढीमा १५ दिन कारोबार रोक्का गर्नुपर्ने व्यवस्थाबमोजिम नेप्सेले सिभिल बैंकको शेयर कारोबार फागुन १२ गतेदेखि लागू हुने गरी रोक्का गरेको हो ।

सिभिल बैंक प्राप्ति गर्न हिमालयन बैंकले पायो अन्तिम स्वीकृति

काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति (एक्विजिसन) गर्न अन्तिम स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको हालै बसेको बैठकले हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिने निर्णय गरेको हो । उक्त निर्णयसँगै हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रिया पूरा भएको छ ।    हिमालयनले सिभिललाई १०० बराबर ८० दशमलव २८ शेयर मिलान अनुपात (स्वाप रेसियो) मा प्राप्ति गर्न लागेको हो । जसअनुसार सिभिल बैंकको १०० कित्ता शेयर हुने शेयरधनीले हिमालयन बैंकको ८० कित्ता पाउने छन् ।दुवै बैंक एक भएपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार शुरु हुनेछ । यता, दुवै कम्पनीकोे गत पुस २८ गते सम्पन्न साधारण सभाले पनि हिमालयनले सिभिललाई प्राप्ति हुने प्रस्ताव पारित गरिसकेको छ । अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि दुवै कम्पनीको एकीकृत कारोबार शुरु हुनेछ ।

हिमालयन बैंकद्वारा सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने प्रस्ताव पारित

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको तीसौँ वार्षिक साधारण सभाले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।  बिहीबार काठमाडौँमा बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले हिमालयन बैंक लिमिटेडले

हिमालयन बैंकको साधारणसभाले पारित गर्‍यो सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव

२८ पुस, काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्दै ३०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । २८ पुसमा सम्पन्न बैंकको वार्षिक साधारणसभाले सिभिल बैंक लिमिटेडलाई १००ः८०.२८ को सेयर आदानप्रदान अनुपातमा (सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीहरुले हिमालयन बैंकको ८०.२८ कित्ता सेयर पाउने) प्राप्ति गर्ने गरी मर्जर प्रस्ताव […]

हिमालयनमा गाभिने भयो सिभिल बैंक

काठमाडौं  । हिमालयन बैंकले सिभिल बैंक लिमिटेड प्राप्ति गर्ने भएको छ । बुधबार हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले यससम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । दुवै बैंकबीच भएको समझदारीअनुसार हिमालयन बैंकले अब सिभिल बैंकको सेयर प्रतिकित्ता ८१ रुपियाँका आधारमा कारोबार गर्नेछ । प्राप्तिपछि बैंकको नाम हिमालयन बैंक नै रहनेछ […]

अन्ततः सिभिल बैंक हिमालयन बैंकमा गाभिने सहमति

अन्ततः सिभिल बैंक हिमालयन बैंकमा गाभिने सहमति भएको छ। यसअघि दुई पक्षीबीच प्राविधिक कुरा मिल्न नसकेपछि समझदारी हुन ढिलाई हुँदै आएको थियो । बुधबार भने हिमालयनले सिभिललाई प्राप्ति गर्नका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको छ । दुई बंैक बीच भएको उक्त समझदारी पत्रमा हिमालयन बैंकका तर्फबाट बंैकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट बंैकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले हस्ताक्षर गरेका हुन् । नेपालको वित्तीय क्षेत्रलाई सवल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट

हिमालयन र सिभिल बैंक गाभिन प्रारम्भिक सम्झौता

२९ असार, काठमाडौं । हिमालयन बैंक लिमिटेडमा सिभिल बैंक लिमिटेड गाभिने भएको छ । बुधबार हिमालयन बैंकले सिभिल बैंकले प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई गाभ्ने गरी गत शुक्रबार प्रारम्भिक सम्झौता गर्ने तय गरेको भएपनि अन्तिम समयमा विवाद हुँदा स्थगित गरेको  थियो । तर, लगातारको छलफलपछि सिभिल र […]

हिमालयनमा सिभिल बैंक गाभिने, शुक्रबार सम्झौता हुँदै

२३ असार, काठमाडौं । हिमालयन बैंक लिमिटेडमा सिभिल बैंक लिमिटेड गाभिने भएको छ । हिमालयनले सिभिल बैंकलाई प्राप्ति (एक्विजिसन) गर्नेसम्बन्धी प्रारम्भिक सम्झौतापत्र (एमओयू)मा शुक्रबार हस्ताक्षर हुने भएको छ । शुक्रबार २ घण्टा मात्रै सेयर कारोबार हुने भएकोले कारोबार समयपछि काठमाडौंको एक होटलमा सम्झौतापत्रमा हस्ताक्षर हुने एक सञ्चालकले बताए । बिहीबार बसेको हिमालयन बैंक सञ्चालक समितिको […]

हिमालयन बैंक र सिभिल बैंक मर्जर हुने, सहमतिपत्रमा बुधबार हस्ताक्षर गर्ने

हिमालयन बैंक र सिभिल बैंक एक आपसमा मर्जरमा जाने भएका छन् । यसअघि नेपाल इन्भेस्टमेन्ट बैंकसँग लामो प्रोसेस चलेर पनि अन्तमा मर्जर भाँडिएको हिमालयनले सिभिललाई मर्जर पार्टनरको रुपमा स्वीकार्ने भएको हो । १००ः८१ को स्वाप रेसियोमा हिमालयन र सिभिल मर्जरमा जाने सहमति भएको स्रोतले बतायो । सोही सहमति बमोजिम भोलि बुधबार दुई बैंकबीच मर्जर सहमति हुने बताएको छ ।