अन्ततः सिभिल बैंक हिमालयन बैंकमा गाभिने सहमति भएको छ। यसअघि दुई पक्षीबीच प्राविधिक कुरा मिल्न नसकेपछि समझदारी हुन ढिलाई हुँदै आएको थियो । बुधबार भने हिमालयनले सिभिललाई प्राप्ति गर्नका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको छ । दुई बंैक बीच भएको उक्त समझदारी पत्रमा हिमालयन बैंकका तर्फबाट बंैकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट बंैकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले हस्ताक्षर गरेका हुन् । नेपालको वित्तीय क्षेत्रलाई सवल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट