हिमालयन बैंक र सिभिल बैंक मर्जर हुने, सहमतिपत्रमा बुधबार हस्ताक्षर गर्ने

हिमालयन बैंक र सिभिल बैंक एक आपसमा मर्जरमा जाने भएका छन् । यसअघि नेपाल इन्भेस्टमेन्ट बैंकसँग लामो प्रोसेस चलेर पनि अन्तमा मर्जर भाँडिएको हिमालयनले सिभिललाई मर्जर पार्टनरको रुपमा स्वीकार्ने भएको हो । १००ः८१ को स्वाप रेसियोमा हिमालयन र सिभिल मर्जरमा जाने सहमति भएको स्रोतले बतायो । सोही सहमति बमोजिम भोलि बुधबार दुई बैंकबीच मर्जर सहमति हुने बताएको छ ।