काठमाडौँ : चावहिल क्षेत्रमा श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्राको रौनक छाएको छ।जात्राको दोस्रो दिन आज (मंगलवार) मार्गशीर्ष कृष्ण प्रतिपदामा चन्द्रविनायक तथा भैरवनाथको रथलाई मन्दिर वरपर घुमाई गङ्गाहिटीमा लगेर स्नान गराइएको जात्रा व्यवस्थापन समितिले जनाएको छ। स्नानपछि दुवै खटलाई आज बेलुकी चारुमती विहारमा लगेर बिसाइनेछ। कार्तिक शुक्ल पूर्णिमाका दिन सोमवार शुरु भएको जात्रा चन्द्रविनायक र भैरवनाथलाई अबिर चढाएपछि मार्गशीर्ष कृष्ण तृतीयाका दिन सकिने परम्परा छ। जात्रा करिब साढे ३ सय वर्ष पुरा