चन्दननाथ र भैरवनाथ मन्दिरका लिङ्गा फेरियो

जुम्ला-कर्णालीकै प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरका पुराना लिङ्गा फेरिएको छ । घटस्थापनाका दिन नयाँ लिङ्गा हाल्ने पुराना हटाउने परम्पराअनुसार बिहीबार चन्दननाथ भैरवनाथ मन्दिरका लिङ्गा फेरिएको हो ।असोज १८ गते चन्दननाथ–३ को जंगलबाट ल्याइएको र बिहीबार नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा सयौं भक्तजनको सहभागितामा लिङ्गा खडा गरिएको चन्दननाथ भैरवनाथ गुठीले जनाएको छ । चन्दननाथ […]

सम्बन्धित सामग्री

फेरियो चन्दननाथ भैरवनाथको लिंगो (तस्वीरसहित)

जुम्ला : जुम्लामा कर्णालीकै धरोहरका रूपमा स्थापित चन्दननाथ र बटुक भैरवनाथको लिंगो खडा गरी दशैं शुरु भएको छ।जुम्लावासीले चन्दननाथ र बटुक भैरवनाथको लिंगो फेरेपछि विधिपूर्वक घटस्थापना तथा दशैं शुरु भएको मान्ने गरिन्छ। चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो, ५२ हातको ध्वजा र नेजा लगाएर घटस्थापना गरिएको हो।धार्मिक मान्यताअनुसार एक वर्षमा ५२ हप्ता हुन्छ, त्यसकै प्रतीकस्वरुप चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो खडा गर्ने प्रचलन रहेको चन्दननाथ भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका सचिव जितबहादुर महतले बताए।

जुम्लादेखि –रारासम्म अल्ट्रा म्याराथन सुरु

२६ चैत्र, सुर्खेत । जुम्ला रारा अल्ट्रा म्याराथन शनिबार सुरु भएको छ । कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको म्याराथनको उद्घाटन शनिबार बिहान कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गरेका छन् । म्याराथनमा एक विदेशीसहित ७७ जनाले भाग लिएका छन् । कर्णालीको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर नजिकैबाट सुरु भएको म्याराथन रारातालसम्म पुगेर सकिने छ । आयोजक […]

अव्यवस्थित संरचनाले कुरुप बन्दै चन्दननाथ मन्दिर

कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर पछिल्लो समय कुरुप बन्दै गएको छ । मन्दिर आसपासका क्षेत्रमा सरकारी तथा निजी प्रयोजनका लागि निर्माण गरिएका अव्यवस्थित भौतिक संरचनाले प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर कुरुप बन्दै गएको हो ।मन्दिर संरक्षण तथा प्रवद्र्धनका लागि अहिलेसम्म गुरुयोजना निर्माण गर्न नसक्दा मन्दिर वरिपरि मनलाग्दी संरचना निर्माण हुन थालेका छन् । जसले गर्दा मन्दिरको […]

गुरुयोजना नहुँदा चन्दननाथ मन्दिर संकटमा

गुरुयोजना नबन्दा कर्णालीकै बहुप्रतिष्ठित धार्मिक सम्पदाका रूपमा रहेको जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिर

रोकिएन गुठीको जग्गा अतिक्रमण

चन्दननाथ गुठीको जग्गाा अतिक्रमण बढ्दै गएको छ । जुम्लाका पहुँचवालाले नै ठूलो मात्रामा गुठीको जग्गा अतिक्रमण गरिसकेका छन् । गुठीको लालपुर्जामा रहेकै जग्गामा अवैधरूपमा चन्दननाथ र भैरवनाथ मन्दिर परिसरमा विभिन्न व्यवसाय सञ्चालन गर्नुका साथै स्थायी संरचना बनाएका छन् ।

मेयर र सीडीओको अगुवाईमा मार्सीधानको रोपाइँ (फोटो फिचर)

जुम्ला – जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिर नजिकैको फाँटमा शनिबार मेला लागेजस्तै भयो । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे, चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवाल सहित जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयबासिन्दा एकसाथ मार्सी धानको रोपाइँमा सहभागी भएपछि मेला लागेजस्तै भएको हो । रोपाइँमा झण्डै ५ सयजनाको सहभागिता थि...