पाल्पा : दैनिक जसो भक्तालुहरुको निकै भीड लाग्ने रिब्दीकोट गाउँपालिका–४ भैरवस्थान रहेको भैरवनाथ मन्दिरमा यतिबेला सुनसान छ। यहाँ एसियाकै ठूलो त्रिशुल छ। त्यही त्रिशुल हेर्ने र त्रिशूलसँग फोटो खिच्न दैनिक सयौं मानिस आउने गर्दथे। मनोकांक्षा पूरा हुने भन्दै पूजा आराधना गर्ने र बलि चढाउँनेको घुइँचो नै लाग्ने गर्दछ। आध्यात्मिक पर्यटक अध्ययन अवलोकनका लागि यहाँ आउँछन्।यहाँ पञ्चेबाजासहित पञ्चबली ल्याउने चलन छ। अहिले आएका भक्तालुले मन्दिरमा पूजा गर्न नपाउँदा केही टाढै पूजा तथा बलि चढाए