बझाङ : बझाङको थलारा गाउँपालिकाले पाँच वर्षभित्र युवाहरूलाई पालिकामै रोजगारी दिने गरी रोजगार नीति निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले बताए।बुधबार एक कार्यक्रममा बोल्दै अध्यक्ष रोकायाले देशमा आन्तरिक रोजगारी पर्याप्त नभइरहेको अवस्था वैदेशिक रोजगारीमा गएका नेपाली पनि फर्कने अवस्था देखिएकाले पालिकामै रोजगारी सृजनामा जोड दिइने बताएका हुन्।अहिले पालिकामा कृषि, भौतिक पूर्वाधार, स्थानीय पूर्वाधार, साना र मझौला उद्योग, निर्माण र सेवा क्षेत्रमा समावेश गरेर रोजगारी दिने खालको नीति बनाउन