जाल्पा सामुदायिक लघुवित्तको शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण शेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त भएको छ

सम्बन्धित सामग्री

जाल्पा सामुदायिक लघुवित्तको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

चैत १३, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ ।  कम्पनीको आईपीओ विक्रीको जिम्मेवारी पूरा गरेको प्रभु क्यापिटलले आगामी दिनमा शेयर व्यवस्थापनको काम गर्ने जिम्मेवारी समेत पाएको  हो ।  अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण काम प्रभु क्यापिटल लिमिटेडबाट हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले माघ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्कासन गरेको थियो ।  कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता आईपीओमध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागानी कोषहरुमा र ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ अन्य सर्वसाधारणमा बाँडफाँट गरेको हो । संस्थापकतर्फ रू. १० करोड ७८ लाख चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणलाई शेयर बाँडफाँटपछि चुक्तापूूँजी रू. १६ करोड पुगेको छ ।

जाल्पा सामुदायिक लघुवित्तको आइपिओ बाँडफाँट

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आइपिओमा कूल २७ लाख नौ हजार ८५५ जनाले तीन करोड ३१ लाख ४७ हजार १५० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये एक लाख २२ हजार ४४३ जनाको आवेदन रद्द भएको र बाँकी २५ लाख ८७ हजार ४१२ योग्य आवेदकम

जाल्पा सामुदायिक लघुवित्तको आइपिओ बाँडफाँट

काठमाडौँ– जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आइपिओमा कूल २७ लाख नौ हजार ८५५ जनाले तीन करोड ३१ लाख ४७ हजार १५० कित्ता […]

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँड, ४८ हजार ७९० जनाले पाए १० कित्ता सेयर

१ फागुन, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ । आइतबार भएको बाँडफाँडमा ४८ हजार ७९० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । माघ २१ गतेदेखि २५ गतेसम्म खुलेको आईपीओमा हालसम्मकै उच्च २७ लाख ९ हजार ८५५ वटा आवेदन […]

जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्दै

माघ १४, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले रू. ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । निष्कासन गर्ने कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।  आईपीओ निष्कासन तथा विक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओलाई इक्रा रेटिङ नेपालले इक्रा एनपी आईआर डबल बि रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड ७८ लाख रहेको छ । आईपीओ बाँडफाँटपश्चात उक्त पूँजी १६ करोड पुग्नेछ । कम्पनीले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट माघ ९ गते स्वीकृति पाएको हो ।

जाल्पा सामुदायिक लघुवित्तले आईपीओ निष्कासन गर्न बोर्डमा दियो निवेदन

काठमाडौं, १० साउन । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले असार २० गते ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीले आईपीओ निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । संस्थाले आईपीओ निष्काशन गर्नका लागि इक्रा नेपालमा रेटिङ गराएको छ […]

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आउँदै, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल

७ चैत, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई आईपीओ जारी गर्नका लागि प्रक्रिया सुरु गरेको छ । संस्थाले आईपीओ निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ …