७ चैत, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई आईपीओ जारी गर्नका लागि प्रक्रिया सुरु गरेको छ । संस्थाले आईपीओ निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ …
चैत १३, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ ।
कम्पनीको आईपीओ विक्रीको जिम्मेवारी पूरा गरेको प्रभु क्यापिटलले आगामी दिनमा शेयर व्यवस्थापनको काम गर्ने जिम्मेवारी समेत पाएको हो ।
अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण काम प्रभु क्यापिटल लिमिटेडबाट हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले माघ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता आईपीओमध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागानी कोषहरुमा र ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ अन्य सर्वसाधारणमा बाँडफाँट गरेको हो ।
संस्थापकतर्फ रू. १० करोड ७८ लाख चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणलाई शेयर बाँडफाँटपछि चुक्तापूूँजी रू. १६ करोड पुगेको छ ।
१ फागुन, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ । आइतबार भएको बाँडफाँडमा ४८ हजार ७९० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । माघ २१ गतेदेखि २५ गतेसम्म खुलेको आईपीओमा हालसम्मकै उच्च २७ लाख ९ हजार ८५५ वटा आवेदन […]
माघ १४, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले रू. ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
निष्कासन गर्ने कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासन तथा विक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओलाई इक्रा रेटिङ नेपालले इक्रा एनपी आईआर डबल बि रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड ७८ लाख रहेको छ । आईपीओ बाँडफाँटपश्चात उक्त पूँजी १६ करोड पुग्नेछ ।
कम्पनीले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट माघ ९ गते स्वीकृति पाएको हो ।
भदौ ५, काठमाडौं । चार ओटा लघुवित्त कम्पनीले कुल २४ लाख ६७ हजार बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरिरहेका छन् ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था,जाल्पा लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् ।
ती चार ओटा कम्पनीमध्ये सबैभन्दा बढी राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । उक्त कम्पनीले आईपीओ निष्कासनको अनुमति पाउन गत असार २४ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ पनि गराइसकेको छ ।
उक्त आईपीओलाई इक्रा नेपालले इक्रा आईआर बीबी रेटिङ प्रदान गरको छ । यस्तो रेटिङले कम्पनीले समयमा नै दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।
कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १९९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. १ करोड ६५ लाख खुद नाफा आर्जन गरेकोमा गत आवमा वृद्धि भएर रू. ४ करोड ९५ लाख ६९ हजार पुगेको हो । खुद ब्याज आम्दानीमा वृद्धि,सञ्चालन नाफामा वृद्धि र रू. १६ लाख २२ हजार खराब कर्जा उठाएकाले गत आवमा कम्पनीको नाफा बढ्न टेवा पुगेको हो ।
त्यसैगरी नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका धितोपत्र बोर्डमा गत असार ६ गते निवेदन दिएको छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको खुद नाफा गत आवमा ६६ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले अघिल्लो आवमा रू. ९ करोड ७८ लाख ८७ हजार खुद नाफा आर्जन गरेकोमा गत आवमा वृद्धि भएर रू. १६ करोड ३३ लाख ८ हजार पुगेको हो । गत आवमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा वृद्धि भएकाले कम्पनीको नाफामा वृद्धि भएको हो । अघिल्लो आवको तुलनामा गत आवमा खुद ब्याज आम्दानी १ दशमलव ४६ प्रतिशत र सञ्चालन नाफा ७१ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ लाख २२ हजार कित्ता आइपीओ निष्कासन गर्नका लागि गत असार २० गते निवेदन दिएको छ । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले निष्कासन गर्ने आईपीओलाई इक्रा नेपालले इक्रा एनपीआइआर बिबि रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले जोखिम मध्यम रहेको देखाउँछ । उक्त कम्पनीले ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि रेटिङ गराएको हो ।
त्यसैगरी उपकार लघुवित्त वित्तीय संस्थाले २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्न गत साउन १३ गते धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।
विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । उक्त कम्पनीको नाफा पनि अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवमा सोही अवधिमा उल्लेख्य मात्रामा वृद्धि भएको छ । अघिल्लो आवमा रू. ४७ लाख ९० हजार खुद नाफा आर्जन गरेको उक्त कम्पनीको नाफा गत आवमा वृद्धि भएर रू. ६ करोड १३ लाख २६ हजार पुगेको छ ।
गत अवमा कम्पनीको खराब कर्जा संकलनमा वृद्धि भएसँगै नाफामा पनि वृद्धि भएको छ । सो अवधिमा रू. ४९ करोड ७५ लाख खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएको छ ।
उपकार लघुवित्त र नेष्डो समृद्ध लघुवित्तले रेटिङ गराएका भने छैनन् । ती चारवटै कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछन् ।
स्रोत : सेबोन र कम्पनीद्वारा प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरणमा आधारित
काठमाडौं, १० साउन । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले असार २० गते ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीले आईपीओ निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । संस्थाले आईपीओ निष्काशन गर्नका लागि इक्रा नेपालमा रेटिङ गराएको छ […]