जाल्पा लघुवित्तको ५ लाख २२ हजार कित्ता आइपीओ आउने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं। पोखराको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ जारी गर्ने भएको छ। सर्वसाधारणका लागि जारी हुने सेयरको निष्कासन

सम्बन्धित सामग्री

नेप्सेमा जाल्पाको कारोबार सुरु, कुन मूल्यमा भयो पहिलो ट्रेड ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा जाल्पा सामुदायिक लघुवित्तको शेयर कारोबार सुचारु भएको छ । आज सोमबारको स्पेसल प्रि ओपन सेसनमा कारोबार भई मूल्य तय भएपछि कम्पनीको कारोबार सुरु भएको हो । कम्पनीको पहिलो कारोबार ३१८.६ रुपियाँमा भएको छ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १६४.४० रुपैयाँदेखि ४९३.८० रुपैयाँसम्मको रेन्ज तोकेको थियो । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने ब्यबस्था थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ  । कम्पनीको JALPA सिम्बलबाट कारोबार सुरु भएको हो ।  शुक्रबार कम्पनीको १६ लाख कित्ता शेयर सुचिकृत भएको थियो   । जाल्पाको शेयर रजिष्ट्रार प्रभु क्यापिटल रहेको छ ।  शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ । जाल्पा लघुवित्त वित्तिय संस्थाले माघ २१ गतेदेखि माघ २५ गतेसम्म  प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको थियो  ।

कुन मूल्यमा भयो राष्ट्र उत्थान र जाल्पा सामुदायिक लघुवित्तको पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा राष्ट्र उत्थान लघुवित्तको शेयर कारोबार सुचारु भएको छ । आज आइतबारको स्पेसल प्रि ओपन सेसनमा कारोबार भई मूल्य तय भएपछि कम्पनीको कारोबार सुरु भएको हो ।राष्ट्र उत्थान लघुवित्तको पहिलो कारोबार ५०२ रुपैयाँमा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १६७.४३ रुपैयाँदेखि ५०२.२९ रुपैयाँसम्मको रेन्ज तोकेको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार सुरु हुन सक्ने ब्यबस्था छ । कम्पनीको RULB सिम्बलबाट कारोबार सुरु भएको हो । बिहिबार कम्पनीको २६ लाख कित्ता शेयर सुचिकृत भएको थियो । राष्ट्र उत्थानले एनआईबिएल एस क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ। यस संगै राष्ट्र उत्थान लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने लगायत कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु एनआईबिएल एस क्यापिटलले गर्ने छ। राष्ट्र उत्थानले फागुन ४ देखि आइपीओ निष्काशन गरेको हो। कम्पनीले ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । आज जाल्पाको भने स्पेसल प्रि ओपन सेसनमा कारोबार भएको छैन । यस संगै अब सोमबारको स्पेसल प्रि ओपन सेसनमा कारोबार भई मूल्य तय भएपछि कम्पनीको कारोबार सुचारु हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १६४.४० रुपैयाँदेखि ४९३.८० रुपैयाँसम्मको रेन्ज तोकेको छ । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने ब्यबस्था छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । कम्पनीको JALPA सिम्बलबाट कारोबार सुरु हुने छ । शुक्रबार कम्पनीको १६ लाख कित्ता शेयर सुचिकृत भएको थियो । जाल्पाको शेयर रजिष्ट्रार प्रभु क्यापिटल रहेको छ । शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ । जाल्पा लघुवित्त वित्तिय संस्थाले माघ २१ गतेदेखि माघ २५ गतेसम्म प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।

जाल्पा लघुवित्तको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

प्रभु क्यापिटल लिमिटेड जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा नियुक्त भएको छ ।सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि जाल्पा लघुवित्त र प्रभु क्यापिटलबीच सम्झौता भएको हो । सम्झौतामा जाल्पा लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिमला योगी र प्रभु क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले जाल्पा लघुवित्तको […]

जाल्पा लघुवित्तको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

फागुन १६, काठमाडौं । जाल्पा लघुवित्तको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि जाल्पा लघुवित्त वित्तीय संस्था र प्रभु क्यापिटल बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा जाल्पा  लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिमला योगी र प्रभु क्यापिटलको तर्फबाट  प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । २०७८ फागुन १३ गतेदेखि लागू हुने गरी जाल्पा लघुवित्तले प्रभु क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले जाल्पा लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरूको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्ने प्रभु क्यापिटलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

जाल्पा लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । सेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्न लघुवित्त र क्यापिटलबीच सम्झौता भएको हो ।सम्झौतामा जाल्पा लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) विमला योगी र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक बासु थपलियाले हस्ताक्षर गरेका हुन्‌ । सम्झौता २०७८ फागुन १३ गतेदेखि लागू हुने प्रभु क्यापिटलले जानकारी दिएको छ ।सेयर राजिष्ट्रारको रूपमा प्रभु क्यापिटलले जाल्पा लघुवित्तको धितोपत्र कार

२४ लाख ६७ हजार कित्ता आईपीओ ल्याउने तयारीमा ४ ओटा लघुवित्त कम्पनी

भदौ ५, काठमाडौं ।  चार ओटा लघुवित्त कम्पनीले कुल २४ लाख ६७ हजार बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरिरहेका छन् ।   राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था,जाल्पा लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् ।   ती चार ओटा कम्पनीमध्ये सबैभन्दा बढी राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन  गर्नेछ । उक्त कम्पनीले आईपीओ निष्कासनको अनुमति पाउन गत असार २४ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ पनि गराइसकेको छ । उक्त आईपीओलाई इक्रा नेपालले इक्रा आईआर बीबी रेटिङ प्रदान गरको छ । यस्तो रेटिङले कम्पनीले समयमा नै दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १९९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. १ करोड ६५ लाख खुद नाफा आर्जन गरेकोमा गत आवमा वृद्धि भएर रू. ४ करोड ९५ लाख ६९ हजार पुगेको हो । खुद ब्याज आम्दानीमा वृद्धि,सञ्चालन नाफामा वृद्धि र रू. १६ लाख २२ हजार खराब कर्जा उठाएकाले गत आवमा कम्पनीको नाफा बढ्न टेवा पुगेको हो ।   त्यसैगरी नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका धितोपत्र बोर्डमा गत असार ६ गते निवेदन दिएको छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको खुद नाफा गत आवमा ६६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. ९ करोड ७८ लाख ८७ हजार खुद नाफा आर्जन गरेकोमा गत आवमा वृद्धि भएर रू. १६ करोड ३३ लाख ८ हजार पुगेको हो । गत आवमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा वृद्धि भएकाले कम्पनीको नाफामा वृद्धि भएको हो । अघिल्लो आवको तुलनामा गत आवमा खुद ब्याज आम्दानी १ दशमलव ४६ प्रतिशत र सञ्चालन नाफा ७१ प्रतिशतले वृद्धि भएको छ ।  त्यसैगरी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ लाख २२ हजार कित्ता आइपीओ निष्कासन गर्नका लागि गत असार २० गते निवेदन दिएको छ । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।   कम्पनीले निष्कासन गर्ने आईपीओलाई इक्रा नेपालले इक्रा एनपीआइआर बिबि रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले जोखिम मध्यम रहेको देखाउँछ ।  उक्त कम्पनीले ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि रेटिङ गराएको हो ।  त्यसैगरी उपकार लघुवित्त वित्तीय संस्थाले २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्न गत साउन १३ गते धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । उक्त कम्पनीको नाफा पनि अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवमा सोही अवधिमा उल्लेख्य मात्रामा वृद्धि भएको छ । अघिल्लो आवमा रू. ४७ लाख ९० हजार खुद नाफा आर्जन गरेको उक्त कम्पनीको नाफा गत आवमा वृद्धि भएर रू. ६ करोड १३ लाख २६ हजार पुगेको छ ।  गत अवमा कम्पनीको खराब कर्जा संकलनमा वृद्धि भएसँगै नाफामा पनि वृद्धि भएको छ । सो अवधिमा रू. ४९ करोड ७५ लाख खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएको छ ।   उपकार लघुवित्त र नेष्डो समृद्ध लघुवित्तले रेटिङ गराएका भने छैनन् । ती चारवटै कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछन् ।                                                                स्रोत : सेबोन र कम्पनीद्वारा प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरणमा आधारित