१७ कात्तिक, सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले बजेट खर्च बढाउन कर्मचारीहरूलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुधबार प्रमुख सचिव, मन्त्रालयका सचिवहरू र कर्मचारीसंगको छलफलमा उनले बजेट कार्यान्वयन प्रभावकारी रुपमा गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री शाहीले पहिलो चौमासिकमा कर्णालीको बजेट खर्च ३.७५ प्रतिशतमात्रै रहेको भन्दै बजेट खर्च बढाउने गरी […]