बागलुङ नगरपालिकाका पूर्व उपप्रमुखसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुख सुरेन्द्र खड्कासहित पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले १७ लाख ४० हजार ६६ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम बहादुर कुँवर, तत्कालीन […]

सम्बन्धित सामग्री

तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्यितरले काभ्रेको तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्ष सलाम सिं लामा र प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछानेसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नदिजन्य पदार्थ उत्खनन् सम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोपमा ५ जना ठेकेदारसहित उनीहरुविरुद्ध मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता श्याम प्रसाद भण्डारीले रातोपाटीलाई बताए । २०७५ मंसिरमा नदीजन्य  पदार्थ उत्खनन् र संकलन गर्नेबारे प्रकाशित सूचनालाई लत्त्याएर  कबोल अंकभन्दा घटी संझौता रकम कायम गरेर ठेक्का संझौता गरेको र संझ

बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बागलुङ नगरपालिका तत्कालीन उपप्रमुख सुरेन्द्र खड्का र प्रशासकीय अधिकृतसहित ५ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले रातोपाटीलाई बताए । प्रदेश सरकारले तोकेको भन्दा कम दररेट राखेर नदीजन्य पदार्थको कर संकलन गर्दा कर उठाई मिलेमतो गरी नगरपालिकालाई हानी नोक्सानी गरेको आगोगको ठहर छ । तोकेको दरमा सूचना प्रकाशन गरेर ठेक्का लगाउनुपर्नेमा सो नगरी बिक्री वितरण दर घटी निर्धारण गरेर राजस्

यातायात कार्यालयका पूर्व प्रमुखसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना, ललितपुरका २ जना तत्कालीन कार्यालय प्रमुखसहित १७ जना विरुद्ध भष्टाचारको मुद्दा दायर गरेको छ। विशेष अदालतमा मुद्दा दायर हुनेमायातायातका १२ जना कमचारीर ५ जना विचौलिया रहेको अख्तियारले जनाएको छ । उनीहरुले नवीकरण नभएका तथा स्वतः रद्द भएका सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमतिपत्र गैरकानुनी रूपमा नवीकरणको बाटोबाट सच्याएर ५ सय ३३ जना नयाँ व्यक्तिको नाममा लाइसेन्स बनाएर भ्रष्टाचार निवारणऐन, २०

२ जना तत्कालीन प्रमुखसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना, ललितपुरका २ जना तत्कालीन कार्यालय प्रमुखसहित १७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । विशेष अदालतमा मुद्दा दायर हुनेमा यातायातका १२ जना कर्मचारी र ५ जना विचौलिया रहेको अख्तियारले जनाएको छ । उनीहरुले नवीकरण नभएका तथा स्वतस् रद्द भएका सवारी […]

मिक्लुङ सामुदायिक वनका अध्यक्षसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ ११, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङ जिल्ला मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अध्यक्ष सन्तोष कुमार लावती, सचिव देविन्द्र कार्की, कोषाध्यक्ष भिमा लम्साल ढकाल, आपूर्ति संयोजक रामप्रसाद पौडेल तथा प्रोप्राइटर सि.वि. बस्नेत उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा दायर भएको हो ।  मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीहरु र लेखापरीक्षकको मिलेमतोमा आफ्नो सामुदायिक वनरुपी संस्थालाई नोक्सानी र आफूलाई फाइदा पुग्ने गरी प्रचलित कानूनविपरीत फर्जी विल भरपाई पेश गरेको अख्तियारको आरोप छ ।  त्यस्तै, उनीहरुले वन कार्यालयको कुनै पनि निकायहरुसँग समन्वय एवम् पत्राचार तथा निर्देशन नलिई आफूखुसी मूल्य अवमुल्यन गर्ने, काठ नि:शुल्क बाँड्ने तथा सालको काठलाई कुकाठ वा दाउराको रुपमा मूल्याङ्कन गर्ने, परिमाण घटाई विक्री वितरण गर्ने जस्ता वन पैदावार संकलन तथा विक्री वितरण गरी रकम हिनामिना गरेको समेत अख्तियारले बताएको छ । उनीहरु विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

छायानाथका प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा

२१ वैशाख, काठमाडौं । नक्कली कागजात बुझाई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायानाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु सहित ५ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ । अख्तियारले आर्थिक वर्ष २०७४/७५ को विनियोजित बजेट दुरुपयोग गरेको आरोपमा उनीहरुमाथि भ्रष्टाचारमुद्दा चलाएको हो । उनीहरुमाथि २९ लाख ७७ हजार रुपैयाँ हानीनोक्सानी पुर्‍याएको आरोप […]

महेन्द्रनगर क्षेत्रको सरकारी जग्गा हिनामिना गरेको आरोपमा ६४ जनाविरुद्ध मुद्दा

कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर बजार क्षेत्रको जग्गा हिनामिना गरेको आरोपमा अख्तियारले ६४ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आईतबार ५ जना तत्कालिन महेन्द्रनगर नगर विकास समितिका अध्यक्षहरू सहित ६४ जना बिरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । महेन्द्रनगर बजार क्षेत्रको ६३८ बिगाहा मध्ये ५७३ बिगाहा जग्गा हिनामिना भएको बारे अख्तियारले लामो समयदेखि छानविन गरिरहेको थियो ।सरकारले २०३५ सालमा नगर विकास समितिलाई सो जग्गा व

मृतकको नाममा रकम हिनामिना गरेको अभियोगमा ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

असोज १३, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर जिल्लाको साविक रामपुर ठोक्सिला गाविसका पाँच जना तत्कालिन सचिवहरु विरुद्ध सार्वजनिक सम्पति दुरुपयोग गरेको अभियोगमा मंगलवार मुद्दा दायर गरेको छ ।  अनुसन्धानको क्रममा १६ लाख ४० हजार ५०० रुपैयाँ ती कर्मचारीहरुले मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र वनावटी नाममा सामाजिक सुरक्षा भत्ता वापतको रकम निकासा गरी दुरुपयोग गरेको  खुलासा भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले तत्कालिन गाविस सचिवहरु केशवप्रसाद आचार्य, लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा,पुष्पराज सिग्देल विरुद्ध अलग - अलग माग दावी गर्दै मुद्दा दायर गरेको हो ।