अख्यितरले काभ्रेको तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्ष सलाम सिं लामा र प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछानेसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नदिजन्य पदार्थ उत्खनन् सम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोपमा ५ जना ठेकेदारसहित उनीहरुविरुद्ध मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता श्याम प्रसाद भण्डारीले रातोपाटीलाई बताए । २०७५ मंसिरमा नदीजन्य पदार्थ उत्खनन् र संकलन गर्नेबारे प्रकाशित सूचनालाई लत्त्याएर कबोल अंकभन्दा घटी संझौता रकम कायम गरेर ठेक्का संझौता गरेको र संझ