काठमाडौं- ग्रिन, रेसिलिन्ट, इन्क्लुसिभ डेभलपमेन्ट(जिआरआइडी) परियोजनाले पार्ने असरहरूमाथि चिन्ता व्यक्त गर्दै पुन: मूल्यांकनकाे मागसहित काठमाडौंमा प्रदर्शन भएकाे छ। बुधबार नेपालस्थित विश्व बैंकको कार्यालयअगाडि प्रदर्शन भएकाे हाे। वातावरण तथा समावेशी विकाससम्बन्धी चासाे राख्ने एक समुहले जिआरआइडी परियोजनाले नेपालसहित विश्वव्यापी रूपमा पार्नसक्ने दीर्घकालीन असरप्रति चिन्ता व्यक्त गर्दै नेपालमा जिआरआइडी परियोजनाका लागि दिएकाे ऋणसम्बन्धि विस्तृत विवरणकाे माग राखेका […]