इराकमा भएको हिंसात्मक प्रदर्शनमा अन्तर्राष्ट्रिय निकायबाट चासो र चिन्ता व्यक्त

शिया धर्मगुरुले राजनीति छोड्ने घोषणा गरेपछि इराकमा भैरहेको प्रदर्शन हिंसात्मक बनेपछि अन्तर्राष्ट्रिय निकायले चासो र चिन्ता व्यक्त गरेका छन् । धर्मगुरु मुक्तादा अल–सद्रका समर्थक र सुरक्षाकर्मीबीच भएको झडपप्रति चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्र संघ तथा युरोपेली संघ (ईयू)ले सबै पक्षलाई संयमित हुन आग्रह गरेका छन् । ईयूले विज्ञप्ति निकालेर सबै पक्षहरूलाई थप हिंसाका घटना हुनबाट रोक्न संयमता अपनाउन आग्रह गरेको अल जजीराले जनाएको छ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले पनि सबै सम्बन्धित पक्षहरूलाई द्वन्द्वात्मक परिस्थिति कम ग...